सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
भ्यालेन्टाईन सप्ताह सिंह राशिका लागि खासै राम्रो छैन। किनकी यस साता तपाईको प्रेमी/प्रेमिकासँग कुनै कारणवश मनमुटाव हुन् सक्छ। जुन झगडाले सम्बन्धमा दूरी ल्याउन सक्छ। यद्यपि यसको बाबजूद यस भ्यालेन्टाइन् सप्ताहमा तपाईले एक-अर्कालाई माफी दिई सुमधुर सम्बन्ध स्थापित गर्न सक्नुहुन्छ। त्यस्तै यदि तपाई विवाहित हुनुहुन्छ भने तपाई आफ्नो जीवनसाथीलाई कुनै घरेलु काममा सहयोग गरेर मन जित्न सक्नुहुन्छ। जसले तपाईको जीवनसाथी खुशी भएर तपाईलाई दिल खोलेर प्रेमको वर्षात गर्नेछन्। सिङ्गलहरुका लागि पनि यो भ्यालेन्टाइन सप्ताहमा शुभ फल प्राप्ति हुनेछ, निराश नहुनुहोला।
यो हप्ता तपाईको र तपाईको पार्टनरको रोमान्स मिटर : ६० %
सिंह राशिकाले आफ्नो पार्टनरलाई या साथीलाई कुनै महँगो उपहार दिएर खुशी पार्न सक्नुहुन्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
प्रेममा रहेका कन्या राशिका जातकहरुका यस भ्यालेन्टाइन वीकमा खुशीले भुईमा खुट्टा हुनेछैन। किनकी यहीँ सप्ताहमा तपाई जसलाई साँचो प्रेम गर्नुहुन्छ तिनले तपाईलाई विवाहको प्रस्ताव गर्न सक्छन्। र तपाईले उक्त प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिनुहुनेछ। त्यसपछि तपाई आफ्नो पार्टनरसँग बसी आफ्नो उज्ज्वल भविष्यको लागि कुनै गम्भीर योजनामा विचार-विमर्श गर्न थाल्नुहुन्छ। त्यस्तै कुनै खास व्यक्तिको प्रतीक्षामा रहेका सिङ्गलहरुलाई भाग्यले साथ दिनेछ। यहीँ हप्तामा सिङ्गलहरुका जीवनमा खास व्यक्तिको आगमन हुनेछ। जसलाई तपाई आफ्नो घरपरिवारसँग पनि भेट्टाउने निर्णय गर्नुहुन्छ। यदि तपाई विवाहित हुनुहुन्छ भने तपाईको जीवनसाथीले तपाईलाई कुनै रोमान्टिक डेटमा लगेर तपाईलाई आश्चर्यचकित पार्नेछन्। यसले तपाईको सम्बन्धमा नयाँपन आउनेछ र साथै तपाई दुवै धेरै भन्दा धेरै समय एकअर्कासँग व्यतीत गर्न चाहनुहुन्छ।
यो हप्ता तपाईको र तपाईको पार्टनरको रोमान्स मिटर : ९० %
कन्या राशिका जातकले आफ्नो पार्टनरलाई कुनै राम्रो किताब या डायरी दिनसक्नुहुन्छ, तपाईको लागि शुभ रहनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
भ्यालेन्टाइन सप्ताह तुला राशिका जातकका लागि सबैभन्दा बढी महत्वपूर्ण रहने वाला छ। तपाईले आफ्नो प्रेमीसँग कुनै राम्रो ठाउँमा डेट या कुनै रोमान्टिक यात्रामा जाने फैसला लिनुहुनेछ। यसबीच तपाईमा गज्जबको उर्जा हुनेछ र तपाई आफ्नो पार्टनरमा पनि त्यहीँ उर्जाको अपेक्षा गर्नुहुनेछ। परन्तु तपाईको स्वभावलाई तपाईको प्रेमीले स्वार्थी सम्झदा तपाईलाई आहत हुन् सक्छ। केही जातकले यस सप्ताह आफ्नो नजिकका साथीहरुलाई जम्मा गरी पार्टी गर्नेछन्। साथै तपाईको प्रेमीले तपाईलाई खुशी बनाउनको लागि कुनै पार्टी आयोजना गरी तपाईलाई सरप्राइज दिन सक्छन्। यदि तपाई विवाहित हुनुहुन्छ भने तपाईको लागि यो समय राम्रो रहनेछ। तपाईले आफ्नो घरपरिवारको सहयोगमा आफ्नो जीवनसाथीलाई कतै बाहिर लैजाने योजना बनाउनुहुनेछ।
यो हफ्ता तपाईको र तपाईको पार्टनरको रोमान्स मिटर : ६० %
तुला राशिका जातकले आफ्नो पार्टनरलाई सेतो रङ्गको फूल या कुनै वस्त्र दिएर पार्टनरलाई मख्ख पार्न सक्नुहुन्छ। यस बाहेक यदि तपाई चाहनुहुनेछ भने कुनै इलेक्ट्रोनिक उपकरण उपहार स्वरूप दिन सक्नुहुन्छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
वृश्चिक राशिका जातक, यस भ्यालेन्टाइन वीकमा सबैभन्दा बढी आनन्द लिनेछन्। किनकी प्रेमको यो सप्ताह तपाईको लागि धेरै भन्दा धेरै खुशी लिएर आउनेछ। यो हप्ता तपाई अधिकांस समय आफ्नो प्रेमी/प्रेमिकासँग प्रेमको सागरमा डुबुल्की मार्दै बिताउनुहुनेछ। र भावनाका कुराहरु साटासाट हुनेछन्। कुनै जातक आफ्नो प्रेमीसँग रोमान्टिक यात्रामा जाने योजना बनाउँछन्, जुन यात्राले उनीहरुका सम्बन्धमा मजबूती आउनेछ। यदि तपाई विवाहित हुनुहुनेछ भने यो हप्ता तपाईको लागि त्यति लाभदायक छैन। केही समस्याहरु उत्पन्न हुन् सक्छ। कार्यभार र जिम्मेवारीले गर्दा तपाईलाई निकै व्यस्त बनाउनेछ, जसले गर्दा तपाईको जीवनसाथी तपाईसँग ठुस्किनेछन्। परन्तु अन्त्यमा कुनै उपहार दिएर जीवनसाथीको मुहारमा मुस्कान ल्याउन सक्नुहुनेछ।
यो हप्ता तपाईको र तपाईको पार्टनरको रोमान्स मिटर : ९० %
वृश्चिक राशिका जातक आफ्नो पार्टनरलाई सुन्तला रङ्गको फूल उपहार दिन सक्नुहुनेछ। साथै तपाई कुनै खानेकुरा दिनसक्नुहुन्छ।