वृष राशि
सम्बन्धमा रहेका व्यक्तिहरूले इमानदारीपूर्वक आफ्नो विचार व्यक्त गर्नु शुभ हुनेछ । यस यस समयमा तपाईंको पार्टनरले सकारात्मक प्रतिक्रिया दिनुहुनेछ र तपाईंको कुरा ध्यानपूर्वक सुन्नुहुनेछ। विवाहितहरूको सम्बन्ध सुमधुर हुनेछ । आफ्नो पार्टनरको कुरा धैर्यपूर्वक सुन्नाले अनेक फाइदा हुनेछ ।
कन्या राशि
महिनाको सुरुवातमा सम्बन्धमा केही समस्या आय पनि क्रमश: सुधार भएर जानेछ । सम्बन्धमा पुराना कुरालाई भुलेर अगाडी बढ्ने समय रहेको छ। प्रेमिकाको स्वास्थ्यमा समय आउन सक्ने हुँदा सावधान रहनु होला । लामो तथा रमाइलो यात्राको सम्भावना रहेको छ । लामो समय देखि प्रेम सम्बन्धमा रहेकाको विवाह हुने प्रबल सम्भावना रहेको छ ।
धनु राशि
धनु राशि भएका मानिसलाई यस महिनामा प्रेम प्रस्ताव आउन सक्छ । लामो समय देखि टाढा रहेका प्रेम जोडी भेट हुने समय आएको छ । प्रेमीबाट नसोचेको उपहार पाउन सकिनेछ । लामो समय देखि प्रेम सम्बन्धमा समस्या आएका चिन्तितको लागि अब खुसी हुने समय आउने छ । प्रेम सम्बन्धमा आएका समस्या यस महिनामा क्रमश: हटेर जानेछ ।
कुम्भ राशि
लामो समय देखि विवाहमा परिणत गर्न नसकेको प्रेम सम्बन्धलाई यस महिना विवाहमा परिणत हुने प्रबल सम्भावना रहेको छ । आपसी समझदारीमा प्रेम सम्बन्धमा आएको आएको समस्या समाधान हुनेछ । प्रेमीबाट कतै टाढाको यात्राको अवसर आउन सक्छ ।