एकाएक मेस्सी लाइनमा आए, रियल म्याड्रिडलाई तनाव !

एजेन्सी – फ्रेन्च लिग वानमा राम्रो प्रदर्शन गर्न नसकेको भनेर आलोचनाको केन्द्रमा रहेका लियोनेल मेस्सीले आइतबार लिल विरुद्ध उत्कृष्ट प्रदर्शन गरे। पिएसजी ५-१ को गोल अन्तरले विजयी भएको सो खेलमा मेस्सीको दुई गोलमा भूमिका रह्यो। मेस्सीले एक गोल गरेका थिए भने एक असिस्ट दिएका थिए।

मेस्सीले खेलको ३८औं मिनेटमा गोल गरेका थिए भने ३२औं मिनेटमा मेस्सीले किमपेम्वेलाई असिस्ट दिएका थिए। आइतबार मेस्सीले गरेको गोल लिग वानको दोस्रो गोल थियो। आलोचना भइरहेकै बेला मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै फ्रेन्च मिडियाहरुले मेस्सीको चर्चा गरेका छन्।

फ्रेन्च लिग वानमा लिल विरुद्धको खेलमा मेस्सीले गरेको प्रदर्शनलाई फ्रेन्च मिडियाहरुले मेस्सीको अहिले सम्मकै राम्रो प्रदर्शन भनेका छन्। अधिकांश मिडियाहरुले मेस्सीको सो प्रदर्शनले फ्रान्समा छुट्टै तरंग पैदा गरेको फ्रेन्च मिडियाहरुको भनाई छ।

त्यसमध्ये धेरैले मेस्सी आफ्नो उत्कृष्ट फर्ममा फर्किने क्रममा रहेको टिप्पणी गरेका छन्। च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्नु अगाडी मेस्सी उत्कृष्ट लयमा देखिनु पिएसजीका लागि धेरै नै सुखद कुरा रहेको फ्रेन्च मिडियाहरु बताउँछन्।

रियल म्याड्रिडसँगको खेल

च्याम्पियन्स लिगमा पिएसजीले आउने साता रियल म्याड्रिडको सामना गर्दैछ। पिएसजीले घरेलु मैदानमा रियलको सामना गर्न लागेको हो। आउने मंगलबार राति हुने सो खेलमा पिएसजी जसरी पनि जित निकाल्नुपर्ने दाउमा हुनेछ।

घरेलु मैदानमा हुने खेलमा राम्रो प्रदर्शन गर्न सके मात्रै पिएसजीको च्याम्पियन्स लिगमा अगाडी बढ्ने सम्भावना बलियो हुनेछ। अन्यथा पिएसजी थप दबावमा पर्नेछ।

एक महिना भन्दा बढी समय मैदान बाहिर रहेर फर्किएका मेस्सी फर्ममा फर्किनु पिएसजीका लागि धेरै सुखद कुरा हो। मेस्सीले यस्तै लयलाई कायम राख्न सके पिएसजीले च्याम्पियन्स लिगमा रियल विरुद्ध बलियो प्रदर्शन गर्नछ।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८१०:४६

छातीमा देखाउँदै अगुएरोले भने – ‘यहाँ एउटा चिप छ’