काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। साताको पहिलो दिन स्थिर रहेर दोस्रो दिन सामान्य रुपले बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार १ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन १२ दिनकै महँगो
पछिल्लो वृद्धिसँगै नेपाली बजारमा सुन झन्डै २ साताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य माघ १३ अर्थात १२ दिन यताकै महँगो रहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भैरहेको छ।

