• ज्योतिषाचार्य दामोदरनाथ लोहनी •• साताको राशिफल : (माघ २२ देखि २८ गतेसम्म)
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सुरुमा निकै खर्च गर्नु पर्नेछ । धार्मिक एवं सांस्कृतिक कार्यमा खर्च हुन जाला । व्यापार व्यवसायको काममा बढी दौडधुप पर्नाले स्वास्थ्यको स्थिति पूरा राम्रो रहने देखिन्न । मित्रको सहयोगबिना ठोस काम गर्न सक्नुहुने छैन । सोमबारदेखिका दिन राम्रा खालका छन् ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मनमा अलिअलि डर त लाग्ला तर बिग्रने समय छैन । मद्दत गर्ने मित्रको सङ्ख्या खास देखिन्न । त्यस्तै प्राविधिकखाले काममा पनि पूरा सफलता पाइने लक्षण छैन । स्वास्थ्य स्थिति मध्यम मात्र रहला । देवीको आराधना गरिरहेमा राम्रो प्रतिफल मिल्नेछ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । मङ्गलबारसम्मका दिन सफलताकारक छन् । तपाईंले बोलेको वाणीमा ओज आउन थालेको छ र धेरै मानिस प्रभावितसमेत हुनेछन् । त्यस्तै व्यापार, व्यवसायको कामले पनि मद्दत देला । पढाइको क्षेत्रमा हाल मध्यम स्थिति छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
राम्रो खालको साता छ । सुरुका दिनमा नै असल काम गर्नेतिर मनको प्रवृित्त जाला । गरेका काम पूर्ण रूपमा सफल हुनेछन् । साताका पछिल्ला दिनमा गतिलो खालको लाभ हुने सम्भावना छ । परिवारबाट भने सोचेकोजति मद्दत पाइने सम्भावना अझै आएको छैन ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सुरुका दुई दिन राम्रा देखिन्नन् । त्यसैले यो दुई दिनमा ठूलो रकमको व्यवहार नगर्नुहोस् । सोमबारदेखि भने अनुकूल परिस्थिति आउने छ । अलिअलि बाधा आए पनि धेरै काममा सफलता नै मिल्ने सम्भावना छ । खर्चको मात्रा भने घट्ने देखिन्न । गणेशको दर्शन गरिरहनुहोस् ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
आर्थिक स्थिति त्यति राम्रो रहने देखिन्न । जताबाट भए पनि खर्च नै गर्नुपर्ने परिबन्द पर्दा मन खिन्न हुनेछ । सहयोग दिने मित्र नभए त काम फत्ते गर्नसमेत गाह्रो पर्ला । हाललाई सूर्य र गणेश दुवै आराध्य छन् । शिक्षाको क्षेत्रमा सीमित प्रगति मात्र हुनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
सातालाई पूरा राम्रो भन्न सकिन्न । सानो काम फत्ते गर्न पनि मेहनत प्रशस्त गर्नु पर्नेछ । मान हानि हुने सम्भावना हाललाई त्यत्तिकै देखिन्छ । बौद्धिक स्थिति कमजोर नभएकाले सम्हालिने क्षमता भने यथेष्ट मात्रामा छ । नोकरीबाट त्यति ठूलो लाभ हुने छैन ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
समय राम्रो खालको छ । धेरै काम बन्नेछन् । पुराना बाँकी रहेका कामसमेत सम्पन्न होलान् जस्तो छ । नयाँ खालका मित्र थपिनेछन् भने केही गतिलो कामसमेत तपाईंको हातमा पर्न सक्छ । व्यापार, व्यवसायबाट सोचेको भन्दा बढी नै लाभ पाइएला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सुरुका दिनमा स्वास्थ्यसम्बन्धी समस्या परेर केही चिन्ता बढ्ला । स्वास्थ्यकै लागि खर्चसमेत मनग्गै गर्नुपर्नेछ । शिव र शनिश्चरको आराधनाले मात्र त्यस्ता बाधालाई हटाउन सकिन्छ । प्रेमको क्षेत्रमा सफलता छ भने नयाँ खालका साथीसमेत मिल्न सक्छन् ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सामान्य खालको साता देखा पर्छ । आधा काम बन्नेछन् भने आधा बाँकी रहनेछन् । प्राविधिकखाले शिक्षामा भन्दा व्यावसायिक शिक्षामा तपाईंको रुचि बढ्नेछ । प्राविधिक कामले विशेष सहारा दिनेछ । सोमबारको दिनमा सानोतिनो चोटपटक लाग्ला कि जस्तो छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
अलिअलि बाधा आए पनि मङ्गलको स्थिति राम्रो भएकाले त्यसलाई पन्छाउन सक्नुहुनेछ र धेरै काममा सफलतासमेत मिल्ला । खर्चको मात्रा नघटे पनि आयको स्रोत बलियो हुनाले खास पीर मान्नुपर्ने देखिन्न । शिक्षाको क्षेत्रमा बिस्तारै प्रगतिको रेखा देखिन लागेको छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुकै दिनमा भोजभतेर पर्नुका साथै इष्टमित्रसँग भेटघाट भइरहला । आर्थिक स्थिति नराम्रो देखिन्न । नयाँनयाँ खालका काम पनि तपाईंको हातमा आउन सक्छन् । खर्च त घट्ने छैन तर आम्दानी गतिलोसँग हुनाले मनमा सन्तोष रहला ।