एजेन्सी – बार्सिलोना र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोले आफ्नो मुटुमा चिप राखिएको खुलासा गरेका छन्। केहि समय अगाडी फुटबलबाट सन्यास लिएका अगुएरोले आफ्नो मुटुमा चिप राखिएको खुलासा गरेका हुन्।
अगुएरोले आफ्नो ट्विच च्यानलमा फुटबलबाट सन्यास लिनु पछाडीका विभिन्न कुराहरु बारे स्पष्ट पार्नेक्रममा अगुएरोले आफ्नो मुटुमा चिप राखिएको र त्यसले सबै जानकारी डाक्टरहरुलाई दिने बताए।
“मसँग यहाँ एउटा चिप छ।”,छातीमा देखाउदै अगुएरोले भने,”रातमा म जब रंगीन बत्तीहरू निभाउँछु, तब आइरन म्यान जस्तै अनुभव गर्छु। अचम्म मेरो मुटुमा चिप छ। यदि मेरो मुटुको गति बढ्यो भने यसले डाक्टरहरुलाई सूचित गर्छ।”
अगुएरोले ट्विच च्यानलमा सन्यास लिनुपर्ने अवस्था आएपछि आफू धेरै दुखि भएको जानकारी गराए। सन्यासको घोषणा गर्नु भन्दा अगाडी आफूलाई भुलाउन अबू धाबी गएको पनि सुनाए।
उनले भने,”डाक्टरहरुले मलाई फुटबल छाड्न पर्ने बारे जानकारी गराएका थिए। त्यसपछि म आफूलाई भुलाउन र शान्त राख्न अबू धाबी गएँ। मेरा लागि त्यो धेरै नै कठिन समय थियो।”
सन्यास घोषणा गर्नु अगाडीक १५ दिनलाई अगुएरोले भयानक बताए। त्यस बेला मानसिक रुपमा आफूले धेरै पिडा भोग्नु परेको अगुएरोको भनाई छ।
“सन्यासको घोषणा गर्नु अगाडीका १५ दिन मेरा लागि धेरै नै कष्टकर थिए। अस्पतालमा हुँदामा समय पनि सहज थिएनन्। ठूला ठूला मोनिटर देखेपछि मैले थाहा पाएँ कि मलाई केहि न केहि गम्भीर भएको छ।”,उनले भने।