अन्तत: आफ्नो बाघे अवतारमा फर्किए मेस्सी, रियलको सातो जाने लयमा देखिए !

सोमबार साबित लिग विजेता लिललाई ५-१ ले पराजित गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनाल मेस्सी निकै उत्कृष्ट लयमा देखिए। पेरिस क्लबको सहज जीतमा मेस्सीले एक गोल गर्नुका साथै एक असिस्ट पनि प्रदान गरेका थिए।

पीएसजीले फेब्रुअरी १५ मा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्दैछ र यस्तो देखिन्छ कि बार्सिलोनाका पूर्व खेलाडीले सिजन भर निकै फितलो प्रदर्शन गरेपनि अन्ततः फ्रान्समा आफ्नो लय फेला पारेका छन्। “मेस्सी सिजनको उत्कृष्ट समयमा फेरि चम्किए,” फ्रान्सेली आउटलेट L’Equipe ले रियल म्याड्रिडसँगको पहिलो लेग अघि मेस्सीको प्रदर्शनको बारेमा लेख्यो।

“सिजनको पहिलो हाफ पछि आफ्नो स्तर भन्दा निकै खराब तथ्याङ्कहरूपछि लिल विरुद्ध मेस्सीको गति आश्वस्त थियो। उनले महत्वपूर्ण समयका लागि बचाएर राखेर मास्टर सुट देखाए। हिप्स डन्ट लाइ? उक्त खेलमा साँच्चै नै मेस्सीको मास्टर-क्लास देखियो।”

आफ्नो प्रदर्शनको श्रेयको रूपमा, मेस्सीलाई रातिको १० मध्ये सात रेटिङका साथ संयुक्त-उत्कृष्ट खेलाडीको सम्मान गरिएको थियो, ड्यानिलो र मार्को भेराट्टीको समान स्कोर साझा गर्दै। यसका साथै सही समयमा मेस्सीको लय फर्किएकोमा क्लबका समर्थक अहिले हौसित भएका छन्। रियल म्याड्रिड विरुद्ध पनि मेस्सीले आफ्नो उत्कृष्ट खेल देखाएको खण्डमा पीएसजीलाई अर्को चरणमा पुग्नबाट रोक्न रियललाई निकै कठिन हुने देखिन्छ।

पीएसजीमा, मेस्सीले आक्रमण पङ्क्तिको दायाँतिर बढी खेल्ने झुकाव राखेका छन् किनभने यो यस्तो स्थान हो जहाँ मेस्सीले सबैभन्दा सहज महसुस गरेको छ र उनले आफ्नो करियरमा सबैभन्दा धेरै सफलता पाएका छन्। तर, लिल विरुद्ध, किलियन एमबाप्पे र एन्जेल डी मारियासँगै ४-३-३ को फर्मेशनमा मेस्सीले सेन्टर तर्फ पनि ड्रिफ्ट हुने स्वतन्त्रता पाएका थिए जसको कारण उनी दायाँबाट सेन्टर पिचमा आउन खुल्ला थिए र यसै कारण अर्जेन्टिनी स्टार र फ्रेन्च युवा स्टार एम्बपपे बीच निकै राम्रो तालमेल देख्न मिल्यो।

कार्लो एन्सेलोटीको टोली च्याम्पियन्स लिग टाई अघि पीएसजीमा मेस्सीको यो खेल रणनीति बारे सचेत हुनुपर्नेमा कुनै शंका नै छैन।

प्रकाशित : बुधबार, माघ २६, २०७८१४:५४

नेयमारका लागि समयले नेटो का-ट्दै, रियल विरुद्ध खेल्ने नखेल्ने बारे अझै अन्योल !