ग्रहचक्रमा ४ ग्रहले मच्चाउँदै ठूलो उथलपुथल, यी ४ राशिको जीवन हुनेछ निकै कष्टकर !

ज्योतिषशास्त्रका अनुसार फेब्रुअरीमा कुल ४ ग्रहको राशि परिवर्तन विशेष हुने भएको छ। फेब्रुअरी ४ मा बुध ग्रह कुम्भ राशिमा प्रवेश गरिसकेको छ। त्यस्तै, १३ फेब्रुअरीमा सूर्य ग्रह कुम्भ राशिमा प्रवेश गर्नेछ। यसपछि १९ फेब्रुअरीमा बृहस्पति कुम्भ राशिमा अस्त हुनेछ। मंगल ग्रह २६ फेब्रुअरीमा मकर राशिमा प्रवेश गर्नेछ र धनको कारक शुक्र छु फेब्रुअरीमा मकर राशिमा प्रवेश गर्नेछ। यी चार ग्रहको राशि परिवर्तनका कारण कतिपय राशि भएकाले सावधानी अपनाउनु पर्ने ज्योतिष विज्ञहरु बताउँछन्। यस बारे थप जान्नुहोस्।

मेष राशि 

अहिले मेष राशिको दशौं घरमा बुध र शनिदेव विराजमान छन्। जसका कारण कार्यस्थलमा अपार सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ आर्थिक उचाइ प्राप्त हुनेछ। तर, पारिवारिक जीवनमा समस्या आउनेछ। यसका साथै स्वास्थ्यमा पनि धेरै ध्यान दिनुपर्छ, स्वास्थ्य समस्याले सताउन सक्छ।

सिंह राशि 

सिंह राशिको कुण्डलीमा राहु ग्रहको उपस्थिति रहेको छ। जसका कारण रोजगारी तथा व्यापार कार्यमा प्रतिकूल असर पर्नेछ। साथै, आर्थिक स्थिति आफैं ठूलो हदसम्म प्रभावित हुन सक्छ। दाम्पत्य जीवनमा कठिनाइको सामना गर्नु पर्नेछ।

मकर राशि 

यो महिनामा ४ वटा ग्रहको गोचरले मकर राशिका मानिसलाई समस्या ल्याउन सक्छ। बृहस्पति र शनिको संयोगले काममा उतारचढाव आउनेछ। विद्यार्थीको पढाइमा समस्या आउनेछ। पारिवारिक मुद्दालाई लिएर सजग रहनुपर्नेछ। यस बाहेक व्यापारमा धन हानिको स्थिति आउन सक्छ।

कुम्भ राशि 

कुम्भ राशिका व्यक्तिहरुको चतुर्गाही योगका कारण जीवनमा समस्या आउनेछ। तर, राशिफलको सातौं घरमा बृहस्पतिको उपस्थितिका कारण व्यवसायमा आर्थिक सफलता मिल्न सक्छ। दाम्पत्य जीवनमा पार्टनरसँग विवाद हुन सक्छ। ग्रहको गोचरमा सावधानी अपनाउनु पर्ने देखिन्छ।

प्रकाशित : बुधबार, माघ २६, २०७८१५:२६

सूर्य र बृहस्पति ग्रहको निकै ठूलो संयोग, ५ राशिलाई अत्यन्त शुभ !