काठमाडौँ : माघ २१ गते(४ फेब्रुअरी) बाट बुध मकर राशिमा विराजमान छ। बुध फागुन २२ गते(६ मार्च) सम्म मकर राशिमा रहनेछ र त्यसपछि बुध ग्रह कुम्भ राशिमा प्रवेश गर्नेछ। बुधको यो गोचर ५ राशिका जातकको लागि अत्यन्तै शुभ हुने बताईएको छ। यदि यी ५ राशिका जातकले बुध ग्रहलाई अझ मजबूत बनाउन ५ कार्य गर्ने भने अपार धन लाभ हुनेछ।
यी ५ राशिका लागि शुभ छ बुधको गोचर : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
बुधको गोचरले तपाईको आय वृद्धि हुनेछ। व्यक्तिगत जीवनमा दाजुभाई तथा दिदीबहिनीको सहयोग प्राप्त हुनेछ। जागिर तथा व्यापारमा लाभ हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बुधको गोचर जागिर र करियरको लागि लाभदायी हुनेछ। जीवनसाथीसँग सामाञ्जस्यता मिलाएर अघि बढ्नुहोस्। जिम्मेवारी बुझ्नुहोस।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बुधको गोचरले तपाईको भाग्यलाई जागृत गर्नेछ। हरेक काममा भाग्यले साथ दिनेछ। करियरमा सफलता, जागिरमा बढुवा र व्यापारमा उन्नति हुने योग छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
दाम्पत्य जीवनका लागि बुधको गोचर मिश्रित फलदायी छ भने नोकरी या व्यापारमा लाभ मिल्नेछ। तपाईको सामाजिक दायरा बढ्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बुधको यो गोचर जागिर र व्यवसायको लागि शुभ छ। तपाईको व्यक्तित्व आकर्षक हुँदै जानेछ। साथै धन र समृद्धि बढ्नेछ। परिवारका सदस्यसँग तपाईको सम्बन्ध बलियो हुनेछ।
बुध ग्रहलाई प्रसन्न पार्ने ५ उपाय : –
१. माता दुर्गा र भगवान गणेशजीको पूजा गर्नुहोला। २. कन्याकुमारीहरुलाई भोजन गराउनुहोला। ३. गाईलाई हरियो घाँस खुवाउनुहोला। ४. बहिनी, सानीआमा, बुबा, छोरी या कुनै विधवालाई सहयोग गर्नुहोस् या मिठाई उपहार दिनुहोस्। ५. बुधबार व्रत बस्नुहोस् या बुधबारको दिन मुङ्गबाट बनेको खानेकुरा सेवन गर्नुहोस्, जसमा नुनको प्रयोग नगर्नुहोला।