काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार ४ राशि भएका व्यक्तिहरुको सुनौलो दिन सुरु हुन लागेको छ । फाल्गुन १ गते(१३ फेब्रुअरी) मा सूर्यदेवले राशि परिवर्तन गरी यी राशिका जातकको भाग्यको द्वार खोल्नेछ। ज्योतिष शास्त्रमा सूर्यलाई सफलता, सम्मान, स्वास्थ्य, पिताको कारक मानिन्छ। सूर्य शनिको राशि कुम्भमा प्रवेश गर्दा यी राशिका जातकलाई मनग्यै लाभ मिल्नेछ। ३ दिनपछि हुन लागेको सूर्यको गोचरले कुन-कुन राशिलाई लाभ देला त ? हेर्नुस।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकको लागि सूर्यको राशि परिवर्तन अत्यन्तै शुभ साबित हुनेछ। व्यापार-व्यवसायमा मेहनतको फल सोचेभन्दा बढी मिल्नेछ। बढुवा हुने योग देखिन्छ। धन लाभ हुनेछ। परिवारमा खुशीयाली छाउनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सूर्यको राशि परिवर्तनले वृष राशिका जातकलाई सुनौलो दिन ल्याउनेछ। कार्यस्थलमा प्रशस्त लाभ हुनेछ। तपाईको मान-सम्मान बढ्नेछ। धन लाभ हुनेछ। आम्दानी पनि बढ्न सक्छ र कतै रोकिएका पैसा प्राप्त हुन् सक्छ। समग्रमा यो समयले ठूलो लाभ दिनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सूर्यको राशि परिवर्तनले मिथुन राशिका व्यक्तिहरुलाई अनेक लाभ दिनेछ। धन लाभ हुनेछ। लगानी गर्नको लागि यो समय अत्यन्तै उपयुक्त छ। पुरानो लेनदेन बाँकी छ भने त्यो समाधान हुनेछ। करियर या समाजमा सम्मानजनक पद प्राप्त हुनेछ। मान-सम्मान बढ्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकलाई सूर्यको गोचरले शुभ समाचार दिनेछ। विशेषगरी रोजगारी भएकालाई लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। बेरोजगारहरुले रोजगारी पाउन सक्नेछन्। आम्दानी वृद्धिहुँदा आर्थिक अवस्था राम्रो हुनेछ। घरमा खुशीयालीपूर्ण माहोल रहनेछ।