लिभरपुलसँग रहेन विकल्प, यी दुई मध्ये एक खेलाडीलाई छिट्टै बेच्ने !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका दुई प्रमुख खेलाडी मोहम्मद सलाह र साडियो माने अहिले सम्झौताको अन्तिम समयमा छन्। दुवै खेलाडीको लिभरपुलमा लगभग १८ महिना मात्रै बाँकी छ।

यस अवस्थामा दुवै खेलाडीको भविष्य के हुने हो भन्ने विषयमा सबैको चासो छ। दुवै खेलाडीको सम्झौता थप हुने हो कि दुवै अन्यत्र जाने हुन् भन्ने बारे अहिले नै टुंगो लागिसकेको छैन। एक हिसाबले भन्नुपर्दा दुवै खेलाडीको विषयमा लिभरपुलले कुनै निर्णय गरिसकेको छिन्। सलाहको सम्झौता थप गर्ने लिभरपुलले प्रयास गरिरहेको भएपनि मानेको विषयमा भने कुनै छलफल भएको छैन।

सलाहको विषयमा पनि लिभरपुल पूर्णरुपमा स्पष्ट छैन। सलाहले माग गरिरहेको पारिश्रमिकका कारण लिभरपुललाई समस्या भइरहेको छ। उता मानेको विषयमा भने लिभरपुलबाट कुनै प्रस्ताव भएको छैन। जसकारण लिभरपुलले मानेबाट छुटकारा पाउन खोजेको हो कि भन्ने चर्चा चलन थालेको छ।

हालसालै आएको एक खबरका अनुसार लिभरपुलले आउने ट्रान्सफर विन्डोमा मानेलाई बिक्री गर्न सक्नेछ। अफ्रिकन कप जितेपछि माने उत्कृष्ट अफ्रिकन खेलाडीको रुपमा अगाडी एक छन्। यस अवस्थालाई मध्यनजर गर्दै मानेलाई बेचेर ठूलो धनराशि भित्र्याउने लिभरपुलको योजना रहेको छ।

माने लालिगा जाने पक्षमा

बेलायतबाट प्रकाशित हुने केहि मिडियाहरुको दावीलाई मान्ने हो भने माने प्रिमियर छाडेर लालिगा जान चाहन्छन्। माने प्रिमियर लिग छाड्नु परेको अवस्थामा लालिगा जान चाहने र उनको रोजाईमा रियल म्याड्रिड पर्न सक्ने बेलायती मिडियाहरुको दावी छ।

प्रकाशित : बिहिबार, माघ २७, २०७८१७:५८

नेप्सेमा दोहोरो अङ्कको ओरालो लाग्दा सबै भन्दा बढी कसले कमाए, कसले गुमाए ?