पिएसजी विरुद्धको खेल अगाडी रियल म्याड्रिडलाई नराम्रो झड्का !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउने एक साता भन्दा कम समयमा जारी सिजनकै महत्वपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्दैछ। च्याम्पियन्स लिगको नकआउट चरणमा रियलले पिएसजीको सामना गर्न लागेको हो।

लालिगाको शिर्ष स्थानमा रहेको रियलका लागि सो खेल च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नको लागि महत्वपूर्ण रहनेछ। खेल पिएसजीको घरेलु मैदानमा हुने हुँदै रियल अलि बढी दबावमा हुनेछ। पिएसजीको घरेलु मैदानमा बलियो प्रदर्शन गर्न सकेको खण्डमा रियलको अर्को चरणमा प्रवेश गर्ने सम्भावना बढेछ।

प्रश्न बेन्जेमाको ?

रियलका मुख खेलाडीको रुपमा रहेका करिम बेन्जेमा गएको केहि समय देखि चोटिल अवस्थामा छन्। गएको जनवरी २३ मा एल्चे विरुद्ध खेलेयता बेन्जेमा रियलको टोलीमा फिर्ता भएका छैनन्। एल्चे विरुद्धको खेलमा बेन्जेमाको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो। त्यसयता बेन्जेमा आराम गरिरहेका छन्। उनको अवस्था बारे कुनै पनि जानकारी स्पष्ट रुपमा बाहिर आएको छैन।

पिएसजीसँगको खेल नजिकिँदै गर्दा बेन्जेमा सो खेलका लागि उपलब्ध नहुने हो कि भन्ने चर्चा पनि शुरु भएको छ। फ्रेन्च मिडिया ले एक्विपका अनुसार बेनेज्माको ह्यामस्ट्रिङमा देखिएको समस्या अहिले नै निको भइसकेको छैन। बेन्जेमाको विषयमा रियल म्याड्रिड आफैं स्पष्ट नरहेको सो मिडियाको दावी रहेको छ।

बेन्जेमा नहुँदा रियल लंगडो, पिएसजी विरुद्ध खेल्न नसके के होला ?

प्रकाशित : बिहिबार, माघ २७, २०७८१८:३०

माने रियल र बार्सिलोना मध्ये एकमा जाने पक्का ! कता जाँदा ठीक होला ?