एजेन्सी – इङ्लिश प्रिमियर लिगमा आज राति दुई खेल हुँदैछन्। नेपाली समय अनुसार आज राति १ बजेर ३० मिनेटमा एक साथ प्रिमियर लिग अन्तर्गतका दुई खेल हुन्छन्। प्रिमियर लिग उपाधि दौडमा रहेको लिभरपुलले लेस्टर सिटीको सामना गर्नेछ भने शिर्ष चार प्रवेश गर्ने संघर्षरत आर्सनलको वुल्भ्ससँग सामना हुनेछ।
लिभरपुल भर्सेस लेस्टर
लिभरपुल र लेस्टर बीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। अहिले लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा छ। लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग रहेको अंक दूरी घटाउनको लागि लिभरपुलले लेस्टरलाई पराजित गर्ने प्रयास गर्नेछ। आज हुने खेलमा जित निकाल्न सकेको खण्डमा मात्र सिटीसँग लिभरपुल प्रतिष्पर्धामा हुनेछ।
लिभरपुलले अहिले सम्म सिजनका २२ खेल खेलेको छ। जसमा लिभरपुलले ११ जित निकाल्दा २ खेलमा हार बेहोरेको छ भने बाँकी ६ खेलमा बराबरी खेलेको छ। लिभरपुलको ४८ अंक छ। स्मरण रहोस् दुई खेल बढी खेलेको सिटीको ६० अंक छ।
त्यस्तै लेस्टर भने लिगको १२ औं स्थानमा रहेको छ। सिजनका २० खेल खेल्दा उसले मात्रै ७ खेलको जित निकालेको छ। लेस्टरले अहिले सम्म ८ खेलमा हार बेहोरिसकेको छ भने बाँकि ५ खेलमा बराबरी खेलेको छ। लिभरपुल र लेस्टर बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।
वुल्भ्स भर्सेस आर्सनल
पछिल्ला सिजनहरुमा भन्दा राम्रो प्रदर्शन गरिरहेको वुल्भ्सले घरेलु मैदानमा आज आर्सनलको सामना गर्नेछ। आज हुने खेलमा जित निकाल्न सकेको खण्डमा वुल्भ्सले अंक तालिकामा आर्सनललाई उछिन्दै शिर्ष ६ मा प्रवेश गर्नेछ।
\वुल्भ्सले सिजनका २१ खेल खेल्दा १० जित र ७ हार सहित ३४ अंक बनाएको छ। त्यस्तै आर्सनलले भने २१ खेलमा ११ जित निकालेको छ। ७ हार र ३ बराबरी सहित आर्सनलको ३६ अंक छ। वुल्भ्स र आर्सनल बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट २ मा हेर्न सकिनेछ।