युरोपमा सबैभन्दा धेरै बिक्रि हुने १० वटा फुटबल जर्सी सार्वजनिक भएका छन् र बायर्न म्युनिखको जर्सी सबैभन्दा बढी बिक्री भएको खुलासा भएको छ।
गत समरमा बार्सिलोनाको लामो बसाईपछि आर्थिक कठिनाईका कारण क्लबसँग सम्झौता नहुँदा मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरे भने १२ वर्षको लामो समयपछि क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फर्किएका थिए। तर पीएसजी र युनाइटेडलाई यस सूचीको टप ३ मा ल्याउन मेस्सी र रोनाल्डो सफल भएनन्। यो तथ्यांक यूरोमेरिका स्पोर्ट मार्केटिङको अनुसार रहेको छ।
अध्ययन अनुसार बायर्नले जनवरी २०२१ र डिसेम्बर २०२१ बीचमा ३.२५ मिलियन जर्सी बिक्रि गरेको थियो, जुन दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २००,००० बढी हो। लिभरपुल तेस्रो र युनाइटेड चौथो स्थानमा छ भने पीएसजी मेस्सी, नेयमार र किलियन एमबाप्पे भए पनि नवौं स्थानमा रहेको छ।
यस्तो छ टप १० को सूची:-
१०. म्यानचेस्टर सिटी – १.०८ मिलियन
९. पेरिस सेन्ट-जर्मेन – १.१८ मिलियन
८. बोरुसिया डर्टमन्ड – १.२२ मिलियन
७. चेल्सी – १.३१ मिलियन
६. बार्सिलोना – १.३४ मिलियन
५. युभेन्टस – १.४२ मिलियन
४. म्यानचेस्टर युनाइटेड – १.९५ मिलियन
३. लिभरपुल – २.४५ मिलियन
२. रियल म्याड्रिड – ३.०५ मिलियन
१. बायर्न म्युनिख – ३.२५ मिलियन