वैदिक ज्योतिषका अनुसार सूर्यले हरेक महिना राशि परिवर्तन गर्छ । सूर्य भगवान अहिले मकर राशिमा विराजमान हुनुहुन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै मानिसहरूको जीवनमा विशेष प्रभाव पार्छ। कुण्डलीमा सूर्य शुभ घरमा भएमा व्यक्तिलाई काम, मान सम्मान र धन प्राप्त हुन्छ । फेब्रुअरी १३ मा सूर्य मकर राशिको यात्रा रोकेर शनिदेवको कुम्भ राशिमा प्रवेश गर्नेछ। सूर्य कुम्भ राशिमा प्रवेश गर्ने तरिकाले सबै राशिका व्यक्तिहरूमा यसको प्रभाव देख्न सकिन्छ। तर यी ४ राशिलाई भने निकै शुभ लाभ मिल्नेछ। कुनकुन हुन् त ति राशी :
मेष राशि-फेब्रुअरी १३ मा हुने सूर्य देवको गोचरले मेष राशी हुनेलाई विशेष लाभ मिल्नेछ। साथै तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ । आम्दानी बढ्नेछ । तपाईंले पैसा कमाउने नयाँ तरिकाहरू देख्नुहुनेछ। रोजगारीमा जानेहरुको कार्यक्षेत्रमा बढोत्तरी र मान सम्मान मिल्ने संकेत छ । सूर्यको गोचरले व्यापार गर्नेहरूका लागि शुभ फल दिनेछ। व्यापारमा राम्रो लाभ हुनेछ।
वृषभ राशि-सूर्य भगवानको गोचर वृष राशिको दशम भावमा हुन गईरहेको छ । राशिको दशौं भाव कर्म र करियरसँग सम्बन्धित छ। यसले जागिर खोज्नेहरूका लागि राम्रो नयाँ जागिर प्रस्तावहरू ल्याउन सक्छ। पदोन्नति हुने सम्भावना बढी छ । तपाईले नयाँ जिम्मेवारी पनि पाउन सक्नुहुन्छ, जुन तपाईको करियरमा वृद्धिको संकेत हो। व्यापार व्यावसायमा राम्रो लाभ हुने संकेत देख्न सक्छौँ । घरपरिवारबाट राम्रो सहयोग मिल्नेछ ।
मिथुन राशि-फेब्रुअरी १३ मा सूर्य तपाईको राशिबाट नवौं भावमा अर्थात् भाग्यको घरमा प्रवेश गर्ने हुनाले यस राशिको व्यक्तिको भाग्यमा अतुलनीय वृद्धि हुनेछ । कामको सिलसिलामा यात्रा गर्नु पर्नेछ, जसमा लाभ मिल्ने संकेत देख्न सक्छौ। धर्मप्रतिको झुकाव बढ्नेछ । धन आर्जनको संकेत छ। घरजग्गाको कारोबारबाट लाभ लिन सकिनेछ। ठूला पदमा काम गर्ने मौका मिल्नेछ ।
कन्या राशि -कन्या राशि हुने मानिसको लागि कुम्भ राशिमा सूर्यको गोचर वरदान भन्दा कम छैन रहदैन। कार्यस्थलमा फाइदा उठाउन सकिनेछ। धन आर्जनको प्रबल सम्भावना छ । तपाईंको योजना व्यापारमा सफल हुनेछन्, जसले तपाईंलाई लाभदायक फाइदा लिन सक्छ।