हाम्रो वरपर धेरै प्रकारका मानिसहरु हुन्छन्। मानिससँग हाम्रो छुट्टै छुट्टै सम्बन्ध हुन्छ। कोही मानिससँग एकदमै नजिक हुने गरिन्छ भने कोही मानिससँग हाम्रो औपचारिक सम्बन्ध मात्रै हुने गर्छ। कोही निकै राम्रा साथी पनि हुन्छन् भने कोही कट्टर शत्रु पनि हुनसक्छन्। तर केही मानिसहरु यस्ता पनि हुन्छन् जो बाहिरबाट हेर्दा साथीको जस्तो व्यवहार देखाउँछन् तर असलमा शत्रु जस्तै व्यवहार गर्छन्। अर्थात्, बाहिर चिप्लो र मिठा मिठा कुरा गरेर पछाडीबाट छु-रा हाने किसिमका हुन्छन्। ज्योतिष शास्त्रमा केही यस्ता राशिका व्यक्तिको बारेमा बताइएको छ, जो मित्रको रुपमा शत्रु जस्तै हुन्छन्। यस्ता व्यक्तिहरुको पहिचान गरेर होसियार हुनु राम्रो हुन्छ। जान्नुहोस् यी राशिको बारेमा….
मेष राशि
मेष राशिका व्यक्तिहरूले आफूलाई तपाईंको सबैभन्दा वफादार र शुभचिन्तक साथी बताउँछन् तर तिनीहरू धोका दिन पछि हट्दैनन्। यी मानिसहरूले आफ्नो फाइदाको लागि तपाईंलाई कुनै पनि समयमा हानि गर्न सक्छन्।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरू शत्रु र मित्र दुवैको भूमिका एकैसाथ निभाउनमा माहिर हुन्छन्। यी मानिस तपाईंको अगाडी त तपाईंको तारिफ गरेर थाक्दैनन् तर तपाईंको पिठ पछाडी भने तपाईंको कुरा काट्न र नराम्रो सोच्न एक मिनेट पनि लगाउँदैनन्।
तुला राशि
तुला राशिका मानिस सन्तुलित तर अवसरवादी हुन्छन्। यी मानिस कसैलाई पनि हानि गरेर आफू अगाडी बढ्न केही संकोच मान्दैनन्, चाहे त्यो आफ्नै साथीको अवसर खोसेर शत्रुको जस्तो व्यवहार गरेर नै किन नहोस्।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसहरु निकै नीच स्वभावका हुन्छन्। यस्ता मानिस आफ्नो फाइदाको लागि कसैलाई पनि ठूलो हानि गर्न पछाडी हट्दैनन्। तर तपाईं लाई यसबारे केही सुइँको पनि दिँदैनन्। तर काम पूरा हुने बित्तिकै तपाईंबाट तुरुन्तै टाढा हुने गर्छन्।