पोचेटिनोले भने – “मेस्सी प्रतिष्पर्धी जनावर हुन्, प्रतिष्पर्धा र जित उनको डीएनएमै छ”

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक मौरिसियो पोचेटिनोले लियोनेल मेस्सी पिएसजीबाट च्याम्पियन्स लिग जित्नको लागि कटिवद्ध रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा पोचेटिनोले मेस्सी च्याम्पियन्स लिग जित्न कटिवद्ध रहेको बताएका हुन्।

क्याडेना एसईआरलाई अन्तर्वार्ता दिँदा पोचेटिनोले प्रतिष्पर्धा मेस्सीको जिनमा रहेको बताए। पोचेटिनोका अनुसार मेस्सी प्रतिष्पर्धा देखि भाग्ने खेलाडी होइनन् र मेस्सीको जिनमै प्रतिष्पर्धा छ।

अन्तर्वार्ताका क्रममा पोचेटिनोले मेस्सीलाई ‘प्रतिष्पर्धी जनावर’को संज्ञा दिए। मेस्सी के जित्न चाहन्छन् भन्ने बारे आफू पनि स्पष्ट रहेको पोचेटिनोको भनाई छ।

“लियो मेस्सी बारे सबैलाई थाहा छ। उनले २० वर्ष स्पेनमा बिताएका थिए। मेस्सी यदि सबै भन्दा बढी केहि मन पराउँछन् भने त्यो प्रतिष्पर्धा हो। मेस्सी एक ‘प्रतिष्पर्धी जनावर’ हुन्।”,पोचेटिनोले भने।

मेस्सी प्रतिष्पर्धा र जित दुवैलाई सँगै लिएर हिड्ने खेलाडी रहेको पोचेटिनोले बताए। पोचेटिनोका अनुसार मेस्सीको डीएनएमै प्रतिष्पर्धा र जित छ।
उनले भने,”मेस्सीको जिनमै प्रतिष्पर्धा छ। उनी के जित्न चाहन्छन् भन्ने कुरा म स्पष्ट छु। यो उनी आफ्नो जिममै बोक्छन्। यो उनको डीएनएमै छ।”

पिएसजीको च्याम्पियन्स लिग सपना

पिएसजीले च्याम्पियन्स लिग जित्नकै लागि गएको कयौं वर्ष देखि खर्च गरिरहेको छ। उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी ल्याउँदा पनि पिएसजीले च्याम्पियन्स लिग जित्न सकिरहेको छैन। पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना अपूरा गर्नैको लागि मेस्सीलाई भित्र्याएको हो। मेस्सीले पनि च्याम्पियन्स लिग जितेको कयौं वर्ष भइसकेको छ। यस्तोमा मेस्सी पनि कम्तिमा एक च्याम्पियन्स लिग जितौं भन्ने पक्षमा छन्।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१८:३२

पिता रोनाल्डोको पाइला पहिल्याउँदै रोनाल्डो जुनियर, युनाइटेडमा अनुवन्धित !