छोराछोरी लिन गएका बाबुलाई आगोले निल्यो, कहिल्यै नफर्किने गरी अस्ताए !

दाङ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् ।

उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो ।

तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले दर्दनाक पीडा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आगोको लप्कामा परेर दुई छोरा छोरीसहित नजर दिन आगोमै बिलाए ।

सो आगलागीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो ।

लगत्तै तुलसीपुर÷घोराही उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा बिहान करिब ७ बजे आगो निन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुर डीएसपी श्यामु अर्यालले जानकारी दिए । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो । यसैबीच प्रहरीले ७ करोडबराबरको क्षति भएको बताएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको निष्कर्ष

प्रहरीले विद्युत् सर्ट भएर घटना भएको हुन सक्ने निष्कर्ष निकालेको छ । ‘घटनाको प्रकृति हेर्दा र अन्य कुराहरू बुझ्दा विद्युत् सर्ट भएर आगलागी भएको देखिन्छ,’ डीएसी अर्यालले भने ।

प्रकाशित : शनिबार, माघ २९, २०७८०९:२४

एक लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी ! कति ?