एजेन्सी – केलियन एमबाप्पेले इन्ज्युरी समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेन्नेसलाई १–० ले पराजित गरेको हो ।
पार्क डेस प्रिन्सेसमा शुक्रबार राति बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एमबाप्पेलाई गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।
घरेलु मैदानमा पिएसजीले पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो । सार्ता मिनेटमा बोरिगिएडको प्रहालाई पिएसजीका गोलरक्षक केलर नाभासले बचाए ।
१४औं मिनेटमा बोरिगिएडको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा रेन्नेस अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा केलियन एमबाप्पेको प्रहार हामरी ट्राओरेलाई डिफ्लेक्ट हुदै पोस्टमा लाग्दै फर्कदा पिएसजी अग्रता लिनबाट चुक्यो । त्यसमै जाभी सिमोन्सको प्रहारको प्रहारलाई रेन्नेसका गोलरक्षकले सहजै बचाए ।
६३ओं मिनेटमा लियोनेल मेस्सी, जुलियन ड्राक्सलर र एमबाप्पेको समन्वयमा बनेको मुभमा एम्बाप्पेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६५औं मिनेटमा एमबाप्पेले गोल गरेपनि अफसाइड हुन पुगे ।
त्यसपछि बराबरीतफए धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एमबाप्पले गोल गर्दै पिएसजीलाई १–० को कठिन जित दिलाए । उनले लियोनल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २४ खेलबाट ५९ अंक पुगेको छ । पिएसजीले एक खेल कम खेलेको दोस्रो स्थानमो मार्सेलाई १६ अंकले पछि पारेको छ । पराजित रेन्नेस २४ खेलबाट ३७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । हारसँगै रेन्नेसले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ ।