एमएसएन जस्तै घातक ट्रियो बनाउने नाममा बार्सिलोनाको ५ सय ५२ मिलियन युरो झ्वाम् !

एजेन्सी – कुनै एक समयमा क्याटलान क्लब बार्सिलोनासँग विश्वकै घातक ट्रियो थियो। लियोनेल मेस्सी, नेयमार र लुइस सुआरेज तीन दक्षिण अमेरिकी फुटबलरको जिम्मामा बार्सिलोनाको आक्रमण थियो। सन ट्रियोका कारण बार्सिलोनाले राम्रो सफलता समेत हाँसिल गरेको थियो। तर सन् २०१७ मा नेयमारले बार्सिलोना छाड्ने निर्णय गरे र उनी पेरिस सेन्ट जर्मेन(पिएसजी) तर्फ लागे।

त्यसको केहि वर्ष ठिकै चल्यो। मेस्सी र सुआरेज मिलेर बार्सिलोनाको आक्रमण सम्हाल्ने। तर बार्सिलोनाको ओरालो यात्रा त्यति बेला शुरु भयो, जब बार्सिलोनाले लुइस सुआरेजलाई क्लबबाट हटाउने निर्णय गर्यो। एक हिसाबले भन्नुपर्दा सुआरेजको विषयमा बार्सिलोना चुकेको थियो।

बार्सिलोनाले निकालेका सुआरेजले नै एट्लेटिको म्याड्रिडलाई ला लिगा उपाधि दिलाएका थिए। यस्तै सन् २०२१ मा लियोनेल मेस्सीले पनि बार्सिलोना छाडे। त्यसपछि बार्सिलोनाको अवस्था झनै नाजुक भयो।

एमएसएन जस्तै ट्रियोको खोजिमा बार्सिलोना

नेयमार गएयता बार्सिलोनाले लगातार एमएसएन जस्तै ट्रियोको निर्माण गर्ने प्रयास गरिरहेको छ। तर बार्सिलोनाको कुनै पनि प्रयास अहिले सम्म सफल हुन सकेन। सन् २०१७ मा नेयमारले छाडेयता बार्सिलोनाले ५ सय ५२ मिलियन युरो खर्च गरिसकेको स्पेनिस मिडियाहरु बताउँछन्।

नेयमारको बहिर्गमन पछि बार्सिलोनाले फिलिपे काउटिन्हो र उस्माने डेम्बेलेले भित्र्याउन मात्रै २ सय ७८ मिलियन खर्च गर्यो। बार्सिलोनाले माल्कम जस्तो खेलाडीका लागि समेत ४१ मिलियन युरो खर्च गरेको थियो। सन् २०१९-२० को सिजनमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडबाट एन्टोइन ग्रिजम्यानलाई भित्र्याइयो। ग्रिजम्यानलाई भित्र्यान मात्रै बार्सिलोनाले १ सय २० मिलियन युरो खर्च गरेको थियो।

बार्सिलोनाले ट्रिन्काओलाई भित्र्याउन ३१ मिलियन खर्च गर्यो। तर त्यो लगानी बालुवामा पानी हाले जस्तै भयो। आन्द्रे गोम्स, डेनिस सुआरेज, राफिन्हा, केभिन प्रिन्स बोएटेङ र मार्टिन ब्रेथवेट जस्ता खेलाडीमा गरेको लगानी पनि बार्सिलोनाको खेर गयो।

यस्तै बार्सिलोनाले यसै जनवरी ट्रान्सफर विन्डोमा फेरान टोरेस, एडामा ट्राओरे र पिएरे एमरिक औवामियाङलाई समेत भित्र्यायो। बार्सिलोना हालको अवस्थामा यी तीन खेलाडीको नै भर पर्ने देखिन्छ।

प्रकाशित : शनिबार, माघ २९, २०७८१०:३८

आज ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै ! कुन-कुन क्लब भिड्दै छन् ? हेर्नुहोस् !