आज ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै ! कुन-कुन क्लब भिड्दै छन् ? हेर्नुहोस् !

काठमाडौं – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) १०औं चरणको दोस्रो दिन विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । आज पुलिसले सातदोबाटो, मछिन्द्रले च्यासल र मनाङले थ्री स्टारसँग खेल्दैछ ।

विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुनेछ । यो सिजनको लिगमा सातदोबाटोको टर्फ मैदान पहिलोपटक हुन लागेको हो । यसअघि दशरथ रंगशाला र पोखरामा लिगका खेल सञ्चालन भएको थियो ।

पुलिस नव प्रवेशी सातदोबाटोलाई हराउँदै रेलिगेसनको दवावबा उम्कन चाहन्छ । पुलिस ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा रहेको छ । सातदोबाटोलाई हराउन सके पुलिस सातौ स्थानमा उक्लेछ ।

सातदोबाटो पनि पुलिसलाई हराउँदै अंक तालिका थप मजवुत बनाउन चहान्छ । सातदोबाटो ९ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा रहेको छ । पुलिसलाई हराउन सके सातदोबाटो कम्तीमा एक दिनको लागि पाँचौ स्थानमा उक्लनेछ ।

यस्तै लिग लिडर मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालामा दिउँसो १ बजे खेल्नेछ । लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र च्यासललाई हराउँदै उपाधि यात्रा थप मजवुत बनाउन चहान्छ । मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ ।

यता, च्यासल पनि लिग लिडरलाई स्तब्ध पार्दै रेलिगेसन जोन छाड्ने लक्ष्यमा मैदानमा उत्रनेछ । च्यासल ५ अंक जोडेर पुछारमा रहेको छ । च्यासलले एक मात्र जित निकाल्दा ६ हार भोगिसकेको छ ।

आजै घरेलु फुटबलको ‘एल क्लासिको’ मा दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टारबीचको खेल दिउँसो ४ः४५ बजे हुनेछ । कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङलाई उपाधि होडमा रहन चुनौती बन्नेछ ।

सोही कारण उपाधि दौडमा रहेको मनाङ थ्री स्टारलाई हराउँदै उपाधि यात्रालाई जीवितै राख्ने लक्ष्यमा मैदानमा हुनेछ । मनाङ ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङको बराबरी या हारले मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ ।

थ्री स्टार पनि मनाङलाई हराउँदै दोस्रो स्थानमा उक्ले लक्ष्यमा हुनेछ । नियमित कप्तान विक्रम लामाको अनुपस्थितिमा अनन्त तामाङले मनाङविरुद्धको खेलको नेतृत्व गर्नेछ । उनी मनाङसँगको खेलपछि इन्डियन सुपर लिग (आइएसएल) का लागि भारत जानेछ । उनी आइएसएल क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन् ।

मनाङलाई हराउन सके थ्री स्टारले मनाङसँगको अंक बराबरी गर्नेछ । थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, माघ २९, २०७८१०:५०

“रोनाल्डो बिना रियल अगाडी बढ्यो, बार्सिलोना पनि मेस्सी बिना अगाडी बढ्छ”