काठमाडौँ : भ्यालेन्टाइन डे आउन केही दिन मात्रै बाँकी छ। ज्योतिष शास्त्रका अनुसार शुभ ग्रहको प्रभावले जीवनमा अपार सफलता मिल्छ। त्यस्ता व्यक्तिहरूले जीवनको पूर्ण आनन्द लिन्छन्। ग्रहको शुभ प्रभाव प्राप्त गर्न अशुभ गुणबाट टाढा रहनुपर्ने ज्योतिषीहरुको विश्वास छ। ज्योतिषशास्त्रका अनुसार जुन पुरुषको कुण्डलीमा दुईवटा ग्रह शुभ स्थितिमा हुन्छन्, ती पुरुषहरु युवतीहरु माझ निकै लोकप्रिय हुन्छन्। यी दुई ग्रह कुन-कुन हुन्, थाहा पाउनुहोस्…
शुक्र ग्रह
शुक्र ग्रह प्रेम र रोमान्सको कारक हो। जसको कुण्डलीमा शुक्र ग्रह बलियो हुन्छ, उनिहरु हरेक क्षेत्रमा चतुर हुन्छन्। साथै, यस्ता मानिस धेरै आकर्षक छविका हुन्छन्। यी मानिसको हरेक कार्यबाट मानिसहरु मोहित हुन्छन्। यसबाहेक, उनीहरू विलासी जीवनको आनन्द लिन्छन्। व्यापारमा पनि धेरै प्रगति गर्छन्। शुक्र ग्रहको साथसाथै यस्ता व्यक्तिमा माता लक्ष्मीको कृपा कायम रहन्छ।
बुध ग्रह
ज्योतिषशास्त्रका अनुसार बुध ग्रह बोली, व्यापार र सेन्स अफ ह्युमरको कारक हो। यदि कुण्डलीमा बुध ग्रह शुभ स्थानमा छ भने व्यक्तिको हास्य भावना धेरै राम्रो रहन्छ। यस्ता व्यक्तिले कुराकानीबाट कसैको मन जित्छन्। बुध ग्रहबाट प्रभावित युवाहरु तर्फ युवतीहरु छिट्टै आकर्षित हुन्छन्। कन्या र मिथुन राशिको स्वामी बुध हो।
शुक्र ग्रह- वृष र तुला राशिको स्वामी
ज्योतिष शास्त्रका अनुसार शुक्र वृष र तुला राशिको स्वामी हो। यी राशिको कुण्डलीमा शुक्र ग्रह शुभ स्थानमा रहँदा जीवनमा सुख–समृद्धि कायम रहन्छ। यससँगै जीवनमा रोमान्स पनि भरिएको हुन्छ।