काउटिन्होले भिल्लामा राम्रो गरुन् भन्ने बार्सिलोनाको चाहना !

एजेन्सी – बार्सिलोनामा रहँदा मौका पाउन नसकेका फिलिपे काउटिन्हो यति बेला प्रिमियर लिगमा तहल्का मच्चाइरहेका छन्। एस्टन भिल्ला पुगेपछि काउटिन्हो छुट्टै रुपमा देखा परेका छन्। स्टेभन जेरार्ड अन्तर्गत खेल्दा काउटिन्हो सन्तुष्ट पनि देखिएका छन्।

बार्सिलोनाको पहिलो रोजाईमा पर्न नसकेका काउटिन्हो जनवरी ट्रान्सफर विन्डोमा एस्टन भिल्ला पुगेका हुन्। बार्सिलोना जानु अगाडी काउटिन्होले लिभरपुलबाट खेलेका थिए। लिभरपुलबाट खेल्दा उनी धेरै राम्रो लयमा थिए। त्यहाँ उनले भिल्लाका नयाँ प्रशिक्षक जेरार्डसँगै खेलेका थिए। भिल्लाको प्रशिक्षकको रुपमा आएपछि जेरार्डले काउटिन्होसँग काम गर्ने चाहना व्यक्त गरेपछि भिल्लाले काउटिन्होलाई लोनमा ल्याएको थियो।

काउटिन्होले भिल्लाका लागि ३ खेल खेलेका छन्। यसबीचमा काउटिन्होले दुई गोल गरिसकेका छन् भने दुई असिस्ट दिसकेका छन्। बार्सिलोनामा हुँदा जारी सिजनमा उनले १२ खेल खेल्दा पनि सोहि संख्यामा गोल गरेका थिए। काउटिन्होको हालको प्रदर्शनलाई हेर्दा उनी भिल्लाका लागि महत्वपूर्ण खेलाडीको रुपमा उदाउन सक्ने देखिन्छ।

बार्सिलोनामा नपाएको महत्व भिल्लामा पाउँदा काउटिन्हो अझ बढी खुल्न पाएका छन्। र बार्सिलोनाले पनि त्यहि चाहेको छ। बार्सिलोनाले काउटिन्होबाट छुटकारा पाउने निर्णय गरिसकेको छ। काउटिन्होले सुधारिएको प्रदर्शन गरुन् र उनलाई बिक्री गर्न सकियोस् भन्ने बार्सिलोनाको चाहन छ।

आउने जनवरी ट्रान्सफरमा बिक्री गर्ने योजना

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोना काउटिन्होलाई पूर्णरुपमा बिक्री गर्न चाहन्छ। बताइएअनुसार, लोन सम्झौता सकिएपछि भिल्लाले काउटिन्होलाई किन सक्नेछ। तर यदि त्यस्तो नभएको खण्डमा नयाँ क्लब खोजेर भएपनि उनलाई बिक्री गर्ने बार्सिलोनाको योजना रहेको छ।

प्रकाशित : शनिबार, माघ २९, २०७८१७:३७

फेरी पनि फ्लप भए रोनाल्डो, साउथह्याम्पटनले अंक खोस्यो !