फाल्गुनको पहिलो सोम प्रदोष व्रतमा ३ अद्भुत संयोग बन्दै, यसरी पूजा गरे मिल्नेछ मनग्यै लाभ

काठमाडौँ : प्रदोष व्रत महिनामा दुई पटक बसिन्छ। शास्त्रमा प्रदोष व्रतलाई सुख दिने मानिएको छ। माघ महिनाको शुक्ल प्रदोष व्रत फागुन २ गते सोमबारको दिन परेको छ। सोमबार प्रदोष व्रत गर्दा यसको महत्व झनै बढ्छ। सोम प्रदोष व्रत बस्दा चन्द्रमाको शुभ प्रभाव प्राप्त हुन्छ। साथै यस दिन भगवान शिवको आराधना गर्नाले मानिसको मनोकामना पूरा हुन्छ। पञ्चाङका अनुसार यस पटक सोम प्रदोष व्रतमा ३ वटा शुभ योगको अद्भुत संयोग बनिरहेको छ।

पञ्चाङका अनुसार सोमबार फागुन २ गतेको दिन सर्वार्थसिद्धि योग, रवि योग र आयुष्मान योगको शुभ संयोग बनिरहेको छ। यस दिन त्रयोदशी तिथिमा सर्वार्थसिद्धि योग बिहान ११ बजेर ४७ मिनेटबाट सुरु हुनेछ, जो भोलिपल्ट बिहान ७ बजेसम्म रहनेछ। यसबाहेक रवि योग पनि यस दिन ११ बजेर ४७ मिनेटदेखि सुरु हुनेछ, जुन सर्वार्थसिद्धि योगको समयसम्म रहनेछ। यस दिन आयुष्मान् योग रात्रि ९ बजेर २९ मिनेटसम्म रहनेछ। त्यसपछि सौभाग्य योग सुरु हुनेछ।

शास्त्र अनुसार कुनै पनि प्रदोष व्रतमा सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि र ४५ मिनेटपछिसम्म भगवान शिवको पूजा गरिन्छ। प्रदोष व्रतको पूजाको लागि बिहान स्नान गरी रातो या गुलाबी वस्त्र गर्नुहोस्। तामा या चाँदीको भाँडोबाट शिवलि;_ङ्गमा शुद्ध मह अर्पण गर्नुहोला। त्यसपछि शिवलि;_ङ्गलाई जलले अभिषेक गर्नुहोस्। यसका साथै ‘ओम् सर्वसिद्धि प्रदाये नमः’  मन्त्रलाई १०८ पटक जप गर्नुहोस्। यसका साथै यस दिन महामृत्युञ्जय मन्त्र [ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥ ] को अवश्य जप गर्नुहोस्।

प्रकाशित : शनिबार, माघ २९, २०७८१८:४७

भोलि फाल्गुन १ गते आईतबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल!