भोलि फाल्गुन १ गते आईतबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल!

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कुनै नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। सरकारी लाभ हुन सक्ला। व्यापार र व्यावसायिक लाभ हुनेछ। व्यवसायमा उच्च अधिकारी  प्रसन्न रहनेछन्। विचारमा शीघ्र परिवर्तन हुनेछ। मध्यान्नपछि मनमा  दृढता हुनेछ र मन विचारमा हराउनेछ। मानसिक रूपले  शिथिलता रहनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन मध्यम फलदायी रहेको छ। साथी तथा आअफ़ान्तसँगको भेट आनन्ददायी रहनेछ। दिनको अधिकांश भाग धन सम्बन्धित योजना बनाउन बित्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आर्थिक दृष्टिकोणले दिन लाभदायी रहेको छ। दिन मित्र एवम् परिवारको सहयोगले आनन्दमय रहनेछ।  उत्तम भोजन र वस्त्रको सुविधा मिल्नेछ। मनमा कुनै प्रकारको निषेधात्मक विचारलाई प्रवेश गर्न नदिनुहोला। व्यवसाय र व्यापारमा अनुकुल वातावरणले मनमा  प्रसन्नता रहनेछ। उत्साह तथा स्फूर्ति दिनभर मनमा छाईरहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक दृष्टिकोणले खर्च हुनेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। कसैसँग झगडा नहोस्  यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि समस्यामा  परिवर्तन आउनेछ। आर्थिक दृष्टिकोणले लाभदायी दिन रहेको छ। पारिवारिक वातावरण पनि राम्रो रहनेछ। मनबाट नकारात्मक भावना टाढा राख्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सामाजिक र व्यावसायिक क्षेत्रमा आनन्ददायक र लाभदायक समाचार मिल्नेछ। मित्रको तर्फबाट शुभ समाचार मिल्नेछ। आय  वृद्धि हुनेछ तथा धनलाभ हुनेछ। मध्यान्नपछि तपाईको बोलि र व्यवहारमा ध्यान राख्नुहोला। मानसिक चिन्ताले सताउनेछ। परिवार र सन्तानसँग मनमुटाव हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन अनुकूल रहनेछ। परिवारसँग तपाईको सम्बन्ध प्रेम्दाअय्क रहनेछ। मित्र र आफन्तबाट उपहार मिल्नेछ। व्यवसायमा उच्च अधिकारी तपाईको कार्यबाट प्रसन्न रहनेछ। मध्यान्नपछि बोलि र व्यवहारमा ध्यान राख्नुहोला। कुनै राम्नित स्थलमा छोटो यात्रा हुनेछ। विवाह उत्सुकले आफुले चाहे जस्तो जोडी प्राप्त गर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक रूपले शिथिलता र आलस्य अनुभव गर्नुहुनेछ। व्यवसायमा उच्च अधिकारी अप्रसन्न रहनेछ। सन्तानसँग मतभेद हुन सक्छ। मध्यान्नपछि कार्यालयको वातावरणमा सुधार हुनेछ। होगा। उच्च अधिकारीको कृपादृष्टिले तपाईको लाभ हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त गर्ने प्रसंग बन्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आध्यात्मिकता र ईश्वरको प्रार्थनाले अनिष्ट विषयबाट छुटकारा प्राप्त  गर्न सक्नुहुनेछ। शारीरिक रूप एवम् मानसिक रूपले अस्वस्थ रहनुहुनेछ। मानहानि नहोस यस कुराको ध्यान राख्नुहोला। बोलीमा ध्यान राख्नुहोला। व्यवसायिक क्षेत्रमा आपत्ति आउन सक्ला। उच्च अधिकारीबाट सम्हालेर रहनुहोला।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सुख र दुःखको मिश्र भावना दिनभर रहनेछ। तपाई आनन्द र मनोरंजनमा डुब्नु हुनेछ। पारिवारिक वातावरण पनि आनन्ददायक रहनेछ।  शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुनेछ। मध्यान्नपछि मनमा नकारात्मक विचारको भावनाले भारीपन अनुभव हुनेछ।  क्रोधको मात्र माधन सक्छ। आध्यात्मिकताले शान्ति प्रदान गर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुराकानी गर्ने समयमा क्रोधमा ध्यान राख्नुहोला। परिवारमा सुख-शान्ति र आनन्दपूर्ण वातावरण बनिरहनेछ। मान सम्मान मिल्ने योग रहेको छ। आर्थिक लाभ हुनेछ। मध्यान्न पछिको  समय अठी र आफन्तसँग बिताउनुहोला। मनोरंजन स्थलमा गैर मनलाई आनन्द सफल रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कलाप्रति विशेष अभिरुची रहनेछ। खर्चको मात्रा दिन अधिक रहनेछ। सन्तानसँग सम्बन्धित प्रश्नले सताउनेछ। मध्यान्नपछि घरमा शान्तिपूर्ण वातावरण छाईरहनेछ। अपूर्ण कार्य पूर्ण हुनेछ। शारीरिक स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ हुनेछ। व्यवसायमा  सहकर्मचारीको सहयोग प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

अधिक भावनाशील नबन्नुहोला।  विचारको अधिकताको कारण  मानसिक रूपले शिथिलताको अनुभव हुनेछ। पेट सम्बन्धित रोगले शारीरिक अस्वस्थता अनुभव हुनेछ। विधार्थीको लागि लाभदायक दिन रहेको छ।

प्रकाशित : शनिबार, माघ २९, २०७८१९:०४

सूर्य शनिको राशिमा, यी चार राशिको चम्किने भयो भाग्य !