पिएसजी विरुद्ध खेल्न कडा मिहिनेत गर्दै बेन्जेमा, पसिना बगाउँदै यसो भने ! [भिडियो सहित]

एजेन्सी – आउने केहि दिनमै स्पेनिस महारथी रियल म्याड्रिडले जारी सिजनकै महत्वपूर्ण र कठिन खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्दैछ। सो खेलका लागि रियलका प्रमुख खेलाडी करिम बेन्जेमा उपलब्ध हुने हुन् कि होइनन् भन्ने कुरा अझै स्पष्ट छैन। तर फ्रेन्च फरवार्ड बेन्जेमाले पहिला भन्दा धेरै बलियो भएर फर्किने प्रण गरेका छन्।

लालिगामा भिल्लारियल विरुद्धको खेलमा रियल बराबरीमा रोकिएको केहि समय बित्न नपाउँदै बेन्जेमाले इन्स्टाग्राम मार्फत सन्देश जारी गर्दै पहिला भन्दा बलियो भएर फर्किने प्रण गरेका हुन्। सो भिडियोमा बेन्जेमा जिममा पसिना बगाउँदै गरेको देखिएका छन्। बेन्जेमाले भनेका छन्,”म पूरै उत्प्रेरित छु। म बलियो, धेरै बलियो भएर फर्कदैछु।”

बेन्जेमाको सो भिडियोसँगै उनी च्याम्पियन्स लिगमा पिएसजी विरुद्धको खेलका लागि उपलब्ध हुने अड्कलवाजी शुरु भएको छ। बेन्जेमाको सो भिडियो ले रियलका प्रशंसकहरुलाई उत्साहित बनाएको छ। तर रियलको तर्फबाट भने पिएसजी विरुद्धको खेलमा बेन्जेमा उपलब्ध हुने हुन् कि होइनन् भन्ने बारे केहि पनि खबर आएको छैन।

करिम बेन्जेमा गएको केहि समय देखि चोटिल अवस्थामा छन्। गएको जनवरी २३ मा एल्चे विरुद्ध खेलेयता बेन्जेमा रियलको टोलीमा फिर्ता भएका छैनन्। एल्चे विरुद्धको खेलमा बेन्जेमाको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो।

बेन्जेमा नहुँदा रियलको प्रदर्शनमा एकाएक परिवर्तन आएको छ। पहिला उत्कृष्ट लयमा रहेपनि अहिले रियलले फितलो प्रदर्शन गर्न थालेको छ। बेन्जेमा नहुने हो भने पिएसजी विरुद्धको खेलमा रियललाई धेरै गार्हो पर्नेछ।

 

View this post on Instagram

 

A post shared by Karim Benzema (@karimbenzema)

प्रकाशित : आइतबार, फागुन ०१, २०७८११:४८

मेस्सी र पीएसजी तर्सिने भिडियो हाले बेन्जेमाले, अब स्ट्रंग हुनुपर्छ भने !