मेस्सी र एम्बाप्पे बीच बिग्रिँदै सम्बन्ध ? एम्बाप्पेले गोल गर्दा रिसले चुर भए मेस्सी !

किलियन एमबाप्पेले पेरिस सेन्ट-जर्मेन (पीएसजी) का फ्यानहरूलाई खुसी दिलाए जब उनले शुक्रबार राति रेनेसको विरुद्ध खेलको अन्तिम समयमा विजयी गोल गरे – तर एक रिप्लेमा लियोनेल मेस्सी आफूले बल प्राप्त नगर्दा कत्ति निराश थिए भनेर देखिएको छ।

बार्सिलोनाका पूर्व खेलाडीले शानदार ढंगले लेस रेनेसको दाहिने तर्फबाट उत्कृष्ट पास दिन सफल भए र उक्त बललाई एम्बाप्पेले उक्त बललाई जाली चुमाउँदै पीएसजीलाई तीन अंक दिलाए। तर रिप्लेहरूले देखाएको छ कि मेस्सी तुरुन्तै आफ्नो टोलीका साथीहरूसँग सेलीब्रेसनमा सामेल हुन गएनन्, र आफू अझ फाइदाजनक क्षेत्रमा भएकोले पनि एम्बाप्पेको तर्फबाट बल पास नपाएपछि धेरै रिसाएको देखियो।

यस्तोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्लोबल सुपरस्टारको प्रतिक्रियामा टिप्पणी गरेका छन्। एकजनाले टिप्पणी गरे: “३ खेलाडीहरूले एमबाप्पेलाई आफूलाई पास गर्न आग्रह गरका थिए तर उनीहरू मेस्सीको बारेमा मात्र चिन्तित छन्।”

अर्को एकले भने, “एउटा निस्वार्थी एम्बाप्पेले असिस्ट दिन सक्थे, तर उनलाई [विश्वको सर्वश्रेष्ठ] बन्नु छ।”

एकले लेखे: “एमबाप्पे संघर्ष गर्दै थिए, तर उनले मेस्सीलाई पास गर्न अस्वीकार गरे!”

एकजनाले भने: “र यो च्याम्पियन्स लिगमा पीएसजीको समस्या हो।”

एम्बाप्पेको गोलले जिताएको यस जीतपछि पीएसजी १६ अंकको अग्रताका साथ लिग १ को शीर्ष स्थानमा रहेको छ। पेरिस क्लबले यस सिजन लिगमा मात्र एक हार बेहोरेको छ र उक्त हार रेनेस विरुद्ध रहेको थियो। मंगलबार, माउरिसियो पोचेटिनोको टोलीले राउन्ड अफ १६ टाईको पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्नेछ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१६:१२

रियल म्याड्रिड कै खेलाडी भन्छन्-‘मेस्सी भनेकै फुटबल हो, फुटबल भनेकै मेस्सी हो’