एफसी बार्सिलोना छाडेको ६ महिना बितिसक्दा पनि लियोनेल मेस्सी बिनाको स्पेनिस क्लब देख्नु कसै-कसैका लागि अनौठो दृश्य हो, केही खेलाडीहरूका लागि पनि। रियल म्याड्रिडका मिडफिल्डर कासेमिरोले एएससँग कुरा गर्दै क्रिस्टियानो रोनाल्डोले लस ब्लान्कोस छोड्दा उनीहरूको अवस्थाबारे छलफल गरे।
पोर्चुगिज स्टार खेलाडीले रियल म्याड्रिड छोडेपछि क्लबले लामो समय उनको कमी महशुस गरेको स्वीकार गर्दै ब्राजिलियन स्टारले बार्सिलोनामा अहिले के अवस्था रहेको आफूले बुझ्न सक्ने बताएका छन्। “यो सामान्य हो, हामीले यो महसुस गरेनौं किनभने हामीसँग तिनीहरू हाम्रो छेउमा थिए, तर मेस्सी र क्रिस्टियानो दुवैले फुटबललाई परिवर्तन गरेका छन्। यसअघि सिजनका सर्वाधिक गोलकर्ताले २० वा २५ गोल गर्दै आएका थिए। अनि यी दुई आएर ४०, ५० वा ६० गोल गर्न थाल्छन्। यो असम्भव देखिन्थ्यो। तिनीहरूले यो खेल परिवर्तन गरे। क्रिस्टियानोले रियल म्याड्रिडका लागि खेलेका खेलभन्दा बढी गोल गरेका छन्,’ कासेमिरोले भने।
“यो एक ठूलो कुरा हो। जब मेस्सी-रोनाल्डो जस्ता खेलाडीले कुनै पनि क्लब छाड्छन् तब उनको कमी महशुस हुनु सामान्य कुरा हो। बार्सिलोनाले यो नयाँ वास्तविकतालाई स्वीकार गर्नुपर्छ। म्याड्रिडले परिस्थितिलाई सुधार्यो। र बार्सिलोनाले पक्कै पनि गर्नेछ। किनभने यी क्लबहरू विश्वका सबैभन्दा ठूला क्लब हुन् र इतिहासमा सधैं उत्कृष्ट रहेका छन्।”
अर्को हप्ता पेरिस सेन्ट-जर्मेन र रियल म्याड्रिड बीचको पहिलो लेगको खेललाई अंकित गर्दै ब्राजिल अन्तर्राष्ट्रियले मेस्सीसँग फेरि सामना गर्ने बारे पनि बताएका छन्। प्रतिस्पर्धाको बावजुद, कासेमिरोले ३४-वर्षीयलाई इतिहासका उत्कृष्ट फुटबलरहरूको शीर्ष तीनमा राख्न हिचकिचाएनन्।
“म सबैलाई भन्छु: मेस्सीको अनुपस्थिति उल्लेखनीय छ; बार्सिलोनाका लागि उनले प्रतिनिधित्व गरेका सबै कुरा उल्लेखनीय छन्। मेस्सीले खेलेको देख्ने हरेक मानिसलाई मायामा पार्छन्। यदि तपाईं फुटबललाई माया गर्नुहुन्छ भने, तपाईं मेस्सीलाई माया गर्नुहुन्छ। उनी इतिहासको शीर्ष तीन मध्ये एक खेलाडी हुन्,” कासेमिरोले भने।
पीएसजी आशावादी छ कि मेस्सीले बार्सिलोनाको जस्तो लयमा स्पेनमा आफ्नो चिर-परिचित प्रतिद्वन्दी क्लब विरुद्ध खेल्न सक्नेछन्। फ्रान्समा खेल्दा मेस्सीको संघर्षको बावजुद, यदि उनले लिग १ टोलीलाई च्याम्पियन्स लिग ट्रफी जिताउन सके भने अहिलेको संघर्षले केही फरक पर्दैन।