ज्योतिष शास्त्रमा केही राशिको बारेमा बताइन्छ जुन राशिका युवतीलाई निकै भाग्यशाली मानिन्छ। यी युवतीका पति र परिवारले पनि उनीहरुको उच्च भाग्यको लाभ पाउँछन्। यी राशिका युवतीहरु जहाँ जान्छन्, त्यहाँ खुसी फैलाउने गर्छन्। उनीहरुले समाजमा खुब मान-सम्मान प्राप्त गर्छन्। उनीहरू आफ्ना परिवारका सदस्यहरूका प्रिय हुन्छन्। जता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छन्। जान्नुहोस् कुन राशिका केटी हुन् यी ?
मेष राशि
यी राशिका युवतीहरु पतिको परिवारका लागि निकै भाग्यमानी मानिन्छन्। यी युवती निकै खुसमिजास स्वभावका हुन्छन्। यस राशिका युवतीहरु मनका निकै सफा हुन्छन्, मनमा जे कुरा छ त्यहि बोल्छन्। उनीहरु आफ्ना मानिसहरूको धेरै हेरचाह गर्छन्। यी युवतीहरुको यो स्वभाव अरुलाई निकै मनपर्छ। भनिन्छ जोसँग यी युवतीको बिहे हुन्छ, भाग्य उज्यालो हुन्छ।
वृष राशि
यस राशिका युवतीमा माता लक्ष्मीको विशेष कृपा हुन्छ। उनीहरुको जीवनमा धनको कहिल्यै पनि कमी हुँदैन। जताततै मान-सम्मान पाउँछन्। यी युवती जुन घरमा विवाह गरेर जान्छन्, उक्त घरमा सुख-समृद्धि आउँछ। पतिका परिवारका लागि निकै भाग्यशाली मानिन्छ।
कर्कट राशि
यस राशिका युवतीहरु निकै भाग्यमानी मानिन्छन्। जोसँग यी युवतीको विवाह हुन्छ, उक्त मानिसको भाग्य चम्किनेछ। उनीहरुको जीवनमा कहिले पनि धनको कमी हुँदैन। तिनीहरू धेरै मेहनती हुन्छन् र आफ्नो घरलाई स्वर्गको रूपमा राख्छन्। यस राशिका युवतीहरु साहसी र निडर हुन्छन्। हरेक परिस्थितिमा आफ्नो प्रियजनको साथमा हुन्छन्।
मकर राशि
यस राशिका युवतीहरु मेहनती, इमानदार र धैर्यवान हुन्छन्। उनीहरु सम्बन्धलाई धेरै महत्व दिन्छन्। यी युवती जुन घरमा बिहे गरेर जान्छन्, उक्त घरमा सुख-समृद्धि आउँछ। जीवनमा सबै सुख-सुविधा पाउँछन्। तिनीहरू उच्च भाग्यका साथ जन्मिएका हुन्छन्। उनीहरु पति र परिवारको भाग्य चम्काउनेछन्।