यस साता यी ५ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ शुभै-शुभ !

मिथुन राशि

मिथुन राशि हुने हरुका लागि यो साता निकै राम्रो हुने भएको छ । दाम्पत्य जीवनमा खुशी बढ्नेछ। पैसाको लेनदेनमा सावधानी अपनाउनु पर्ने देखिन्छ । स्वास्थ्यमा देखिएको समस्या समाधान भएर जानेछ । कार्यस्थलमा शुभ काम सम्पन्न हुनेछ । यस सातमा हुने यात्राबाट लाभ हुनेछ । आर्थिक अवस्था लाभदायी रहनेछ । पारिवारिक सम्बन्धमा मधुरता बढ्नेछ।

सिंह राशि

व्यावसायिक दृष्टिकोणले यस साता प्रगतिशील समय रहेको छ । रोकिएका काम पूरा हुने सम्भावना छ । कुनै कारणले जीवनसाथीसँगको सम्बन्धमा आएको समस्या कम भएर जानेछ । यस साथमा आम्दानी बढ्नेछ । पैसा बचाउनको लागि खर्च कम गर्न पर्नेछ ।

कन्या राशि

कन्या राशिको लागी यस सातामा कार्यस्थलमा समय प्रगतिशील हुनेछ र भाग्यले साथ दिनेछ । यस सातामा जीवन साथीको साथमा रमाइलो समय बिताउने अवसर मिल्नेछ । शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । सायद यो हप्ता नयाँ स्वास्थ्य गतिविधि सुरु हुनेछ। यात्राको माध्यमबाट सुखद परिणाम प्राप्त हुने सम्भावना पनि छ ।

तुला राशि

यस साता तुला राशिको लागि निकै शुभ रहने छ । व्यापारिक योजना सफल हुनेछन् र प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीसँग प्रेम बढ्नेछ। यो साता स्वास्थ्य राम्रो रहनेछ। कार्य यात्रा सफल रहनेछ र यस सातामा बनेको सम्बन्धले भविष्यमा पनि लाभ मिल्नेछ।

कुम्भ राशि

कार्यक्षेत्रमा समय प्रगतिशील रहेको छ । कार्यालयका सहकर्मीहरूसँग सम्बन्ध राम्रो रहनेछ र उनीहरूबाट सहयोग पनि प्राप्त हुनेछ ।  यो साता स्वास्थ्य राम्रो रहनेछ। लामो समय देखि रोकिएको धन प्राप्त हुनेछ । जीवनसाथीसँग भएको विवाद समाधान हुनेछ ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८२१:२२

आज सोमबारको दिन बन्दै यस्ता खास ६ शुभ योग: यस्ता उपायले गर्दा घरमा आउँछ सुख-समृद्धि !