आज अर्थात फागुन महिनाको पहिलो सोमबार सोम प्रदोष व्रत हो। सोमबारको प्रदोष व्रतलाई धार्मिक शास्त्रमा निकै शुभ मानिएको छ। किनभने प्रदोष व्रत र सोमबार दुवै भगवान शिवलाई समर्पित छन्। तर आजको सोम प्रदोष झनै विशेष बनेको छ किनकी आज ६ वटा शुभ योग बनिरहेका छन्।
कुण्डलीका सबै दोष हुनेछन् दूर
सोमबार दिउँसो १२ बजेपछि पुष्य नक्षत्र हुनेछ, जुन दिनभर रहनेछ। त्यसैले यस दिन सोम पुष्य पनि रहनेछ। यो वर्षको पहिलो सोम प्रदोष र सोम पुष्य हो। अर्कोतर्फ, चन्द्रमा आफ्नो राशि अर्थात् कर्कटमा रहनेछ। सोम प्रदोषको दिन चन्द्रमा आफ्नै स्वामित्व रहेको राशिमा रहँदा चन्द्रमासँग सम्बन्धित सबै दोष हटाउनको लागि धेरै शुभ मानिन्छ। यस दिन पञ्चामृतले भगवान शिवको अभिषेक गर्नाले कुण्डलीमा रहेको चन्द्रमासँग सम्बन्धित सबै दोष हट्छ। यसका अलावा आज सौभाग्य योग, आयुष्मान योग, रवियोग र सर्वार्थसिद्धि योग पनि बन्दैछ। यी योगहरूमा गरिने शिव पूजा र उपायले जीवनमा अपार सुख र समृद्धि ल्याउने विश्वास रहेको छ।
भोग्वान शिवको कृपाका लागि गर्नुहोस् यस्ता उपाय
सोम प्रदोषको दिन शुभ योगमा भगवान शिवलाई दूधले अभिषेक गर्नुहोस्। यस समयमा ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्। यसो गर्दा परिवारमा सुख-समृद्धि रहनेछ।
धन प्राप्तिको लागि सोम प्रदोषको दिन भगवान शिवलाई चामल (बिना टुटेको) चढाउनुपर्छ। यसो गर्नाले कुण्डलीमा शुक्र ग्रह बलियो बनाउँछ र धन र ऐश्वर्य प्रदान गर्दछ।
कालो तिललाई पानीमा हालेर भगवान शिवलाई चढाउँदा पितृदोष हट्छ। साथै कालो तिल दान गर्दा पितृको आत्मालाई शान्ति मिल्छ।
शिवजीलाई जौ चढाउँदा सन्तान सुख प्राप्त हुन्छ ।
यदि तपाईंको स्वास्थ्य लगातार खराब छ भने आज शिवलाई गाईको घ्यूले अभिषेक गर्नुहोस्। स्वास्थ्य केही दिनमा नै राम्रो हुनेछ।
भगवान शिवलाई बेलको फूल चढाउँदा सुन्दर र कोमल पत्नी प्राप्त हुन्छ। अर्कोतर्फ हरसिङ्गारको फूलले पूजा गर्दा सुख र धनको वृद्धि हुन्छ।