“मेस्सीले पीएसजीमा टाइम पास गर्दैछन्, क्लबमा कुनै हालतमा सफल हुन सक्दैनन्”

यसै सिजन मात्र बार्सिलोनाबाट आफ्नो उच्च प्रोफाइल समर ट्रान्सफर पछि लियोनल मेस्सी पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा आफ्नो उत्कृष्ट लय प्राप्त गर्न संघर्ष गरिरहेका छन्। अर्जेन्टिनी स्टारले यस सिजन फ्रान्सेली क्लबसँग आवद्ध भएदेखि पीएसजीका लागि १५ खेलमा मात्र दुई घरेलु गोल गरेका छन्।

च्याम्पियन्स लिग समूह चरणका खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेता पनि पेरिसमा उनको स्पेल अहिलेसम्म कमजोर रहेको भन्दा फरक पर्दैन। त्यस्तै, हालैका रिपोर्टहरूका अनुसार मेस्सी पेरिसमा खुसी छैनन् किनभने उनी थुप्रै कारणले शहर र क्लबमा सेटल हुन असफल भएका छन्। ३४ वर्षीय स्टार खेलाडीले पुन: एक पटक माउरिसियो पोचेटिनोको टोलीका लागि खास प्रभाव पार्न सकेनन्। शुक्रबारको लिग १ खेलमा पीएसजीलाई रेनेस विरुद्ध जीत दिलाउन अन्तिम समय मिनेटमा अर्का स्टार खेलाडी किलियन एमबाप्पेको विजयी गोलको आवश्यकता पर्यो।

त्यसमाथि, यो पनि दाबी गरिएको छ कि उनी र उनको परिवारले अझै फ्रेन्च बोल्न सकेका छैनन्, जुन सायद अचम्मको कुरा हो। यद्यपि क्लबले मेस्सी र उनको परिवारको लागि निजी भाषा पाठहरू आयोजना गरेको छ। पीएसजीका पूर्व विङ्गर र फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडी जेरोम रोथेनले अब पार्क डेस प्रिन्सेसमा मेस्सीको अवस्थालाई लिएर चिन्ता जताएका छन्।

रोथेनले मार्कासँगको अन्तर्वार्तामा भनेका छन्, “मेस्सीले पीएसजीमा छाप छोड्ने छैनन्। उनी अर्को क्लबको खेलाडी हुन्, बार्सा, जुन उसको जीवन हो, शहरको सन्दर्भमा पनि – उनी त्यहाँ जान्छन् जब उनको छुट्टी हुन्छ। उनी पीएसजीबाट गुज्रिरहेका छन्, कसैले पनि उनी त्यहाँ हुनेछन् भन्ने आशा गरेका थिएनन्, मेस्सी आफैंले पनि। उनले ३४ वर्षको उमेरमा दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्, उनी पक्कै पनि फुटबलको इतिहासमा सर्वश्रेष्ठ खेलाडी हुन् तर उनले बार्सिलोना गरेको प्रदर्शन पीएसजीमा गर्न सक्दैनन्।”

प्रकाशित : सोमबार, फागुन ०२, २०७८११:३५

सबैको प्रिय हुन्छन् यी दुई राशि, अरुको मनमा सजिलै जमाउँछन् डेरा!