रोबर्ट लेवान्डोस्कीले पेरिस सेन्ट-जर्मेन (पीएसजी) स्टार किलियन एमबाप्पे र बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ हालान्डले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको जस्तो फुटबलमा प्रभुत्व जमाउन नसक्ने बताएका छन्।
अर्जेन्टिनी र पोर्चुगिज सुपरस्टारहरू एक दशकभन्दा बढी समयदेखि खेलको शिखरमा छन्, जसले सन् २००८ देखि बालोन डी’ओर अवार्डमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन्। अब यी दुई स्टार आफ्नो करियरको अन्तिम समयमा रहेका छन्। यस्तोमा, एमबाप्पे, २३, र २१ वर्षीय हालान्डलाई रोनाल्डो र मेस्सीको उत्तराधिकारीका रूपमा हेरिएको छ, तर लेवान्डोस्कीले मेस्सी-रोनाल्डो सफलतालाई दोहोर्याउने निकै गाह्रो रहेको विश्वास गर्छन्।
बायर्न म्युनिख स्टारले फ्रान्स फुटबललाई भने: “उनीहरूसँग क्षमता छ, तर कसलाई थाहा छ कि अर्को दुई वा तीन वर्षमा, अन्य युवा स्ट्राइकरहरूले आफूलाई अगाडी प्रतुस्त गर्न सक्छन्। क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले विगत १२ वर्षदेखि गरे जस्तै फुटबलमा उनीहरूले प्रभुत्व जमाउनेछन् भन्ने म एक क्षणको लागि कल्पना पनि गर्न सक्दिन। यी दुईले सम्भव भएसम्म सबै ट्रफी जितेर इतिहास रचेका छन्। आउँदो १० वर्षमा, मलाई लाग्छ कि धेरै खेलाडीहरू विश्वको उत्कृष्ट खेलाडी बन्न प्रतिस्पर्धा गर्नेछन्।”
पीएसजी स्टार एम्बाप्पे यो सिजन फ्रान्सेली महारथीका लागि निकै उत्कृष्ट लयमा रहेका छन्। उनले यस अवधिमा लिग १ को शीर्ष स्थानमा १६ अंकको अग्रता बनाउन र च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सबै प्रतियोगिताहरूमा ३१ खेलहरूमा २१ गोल गरेका छन्।
त्यस्तै, हालाण्ड जर्मनीमा निकै उत्कृष्ट रहेका छन्। उनले बुन्डेसलिगा टोलीका लागि मात्र २० खेलमा २३ पटक गोल गरेका छन्। नर्वे फरवार्डले डर्टमन्डमा आफ्नो आगमन पछि निकै कसिस्टेन्ट गोल स्कोरर बनेका छन्, समग्रमा मात्र ७९ खेलहरूमा ८० गोल गरेका छन्।