रोनाल्डो माथि कडा प्रहार,’युनाइटेड अब धेरै खेल्न पाउँदैनौ, जाऊ बोर्नमाउथ अनि खेल’

म्यानचेस्टर युनाइटेडमा उनको व्यवहारको कडा आलोचना पछि क्रिस्टियानो रोनाल्डोले प्रत्येक खेल खेल्ने भए बोर्नेमाउथ जान भनिएको छ। युनाइटेडले शनिबार साउथह्याम्पटन विरुद्ध घरेलु मैदानमा जीत निकाल्न नसक्दा रोनाल्डो लगातार ६ खेलमा गोलबिहिन रहन पुगे।

यो असफलता युनाइटेडको अघिल्लो १-१ को बराबरी पछि, बर्नली विरुद्धको केही दिन पछि आयो, जसमा पाँच पटक ब्यालोन डी’ओर विजेता सुरुवाती ११ मा पर्न सकेनन्, एडिन्सन काभानीलाई प्राथमिकता दिइयो। रोनाल्डो उक्त खेलको दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए। र बराबरीपछि निराश हुँदै पोर्चुगिज कप्तान सिधै ड्रेसिङतर्फ ओर्लिए, जुन हर्कत उनले एभर्टन विरुद्ध पनि गरेका थिए।

रोनाल्डोको यस्तो प्रतिक्रिया स्काई स्पोर्ट्सका पूर्व प्रस्तोता रिचर्ड कीजलाई पचेन। जसपछि उनी रोनाल्डोको आलोचनामा उत्रिएका छन्, जसलाई ३७ वर्षीय स्टारले पिचमा गरेको व्यवहार मन परेन। “जर्ज मेन्डेसले म्यानचेस्टर युनाइटेडका वरिष्ठ अधिकारीहरूसँग सिजनको अन्त्यमा छोड्ने बारे कुरा गरिरहेका थिए,” किजले बेइन स्पोर्ट्समा भने, “मेरो आफ्नै दृष्टिकोण यो हो कि उसले अब छोड्नुपर्छ। मैले पहिलेबाट नै भनेको छु, उनी समस्याको ठूलो हिस्सा हुन् पूरै समस्या हैनन्।”

“अघिल्लो खेलमा, जब उनी टर्फ मुरमा खेलपछि दर्शकलाई धन्यबाद नगर गए, भर्खरै सबैलाई लिडरको बारेमा व्याख्यान दिएका थिए कि उनी आफूलाई एक लिडर भनेर विश्वास गर्छन् र युवाहरूले उनले गर्ने कामहरू गर्दैनन्… यसले कसरी टोलीको भावनालाई प्रोत्साहित गर्छ?”

यस वर्षको सुरुमा आफू प्रतिस्थापित हुँदा देखाएको प्रतिक्रियाको लागि आलोचनामा परेका रोनाल्डोले यसअघि आफ्नै टोलीका युवा खेलाडीहरुको व्यावसायिकतामा प्रश्न उठाएका थिए, सोही घटनालाई कीजले संकेत गरिरहेका थिए। उनका सह-होस्ट एन्डी ग्रेले बर्नली खेलको अन्त्यमा रोनाल्डोले देखाएको प्रतिक्रियाले स्ट्राइकरको हरेक खेल खेल्ने इच्छाको बारेमा सङ्केत गरेको आफूले महशुस गरेको बताए।

“यो राम्रो थिएन,” ग्रेले यसबारे भने, “उनको लागि यस्तो गर्नु पूर्णतया गलत थियो। उनी खेल्न नपाउँदा निराश थिए। उनले बर्नली विरुद्ध खेल्दै थिए, लिगको अन्तिममा रहेको टोली। मैले गोल गर्न सक्छु भन्ने सोच थियो होला। रोनाल्डो ३७ वर्षको भइसके र उनलाई अब शीर्ष फुटबल खेल्नको लागि समय सकिएको थाहा छ। त्यसैले सकेसम्म सबै खेल खेल्ने चाहना छ।”

रोनाल्डोले हरेक खेल खेल्नुपर्छ भन्ने विचारसँग कीज सन्तुष्ट थिएनन्। उनले भने “त्यसो भए ठीक छ, जानुहोस् र बोर्नमाउथसँग साइन गर्नुहोस् र तपाईं हरेक हप्ता खेल्नुहुनेछ।”

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१४:१४

युनाइटेडमा भयो रोनाल्डोको यस्तो बिजोक, देख्ने सबैको मन रुन्छ ! [भिडियो सहित]