तिल र ल्वांगको तेलमा हुन्छ यति लाभदायक फाईदा !

तिल र ल्वांगको प्रयोग कैयौँ कारणले गरिन्छ । यस मिश्रणलाई मालिश गर्न ,दुखाई  कम गर्न र मुख सफा गर्न प्रयोग गरिन्छ । तिलको तेल तिलको सानोसानो  दानाले बनाईन्छ । तिल राम्रो चिज हो जुनको प्रयोग खान वा छाला सम्बन्धित कैयौँ कारणको लागि गरिन्छ । साथै ल्वांगलाई पनि एक उपयोगी औषधिको रुपमा मानिन्छ। ल्वांग भान्छा बाहेक सौन्दर्य उत्पानमा पनि प्रयोग गरिन्छ । कैयौँ बिरामीले ल्वांगलाई औषधीको रुपमा प्रयोग गर्छन् । थाहा पाउनुहोस् ल्वांग र तिल प्रयोग गर्नुको फाईदा !

कानको दुखाई कम गर्न

कानमा दुखाई कैयौँ कारणले हुन्छ । यदि तपाईलिई टाउको वा कान दुख्ने जस्ता बिरामी भईरहन्छ भने ल्वांगको तेलको प्रयोग गर्नुहोला। यसको लागि तिलको तेल २ चम्चा र ३-४ थोपा ल्वांगको तेल मिसाउनुहोस र तताएर विस्तारै कानमा लगाउनुहोस । यसरी तपाईले तुरुन्तै आराम पाउनुहुनेछ ।

चाया पोतो कम गर्न

तिलको तेल ल्वांगको  तेलसँग मिसाएर लगाउनाले चाया पोतो कम हुन्छ । प्राय गर्भावस्थामा अनुहारमा चाया पोतो आउँछ । यसको लागि थोरै तिलको तेल लिनुहोस् र त्यसमा केहि थोपा कागतीको रस राख्नुहोला । यसलाई चाया आको ठाउँमा मालिश  गर्नुहोला । यसले खराब कोष सफा हुनेछ र चम्किलो छाला बन्नेछ ।

कपाल झरेको रोक्न

यदि तपाई कपाल झर्न कम गर्न चाहनुहुन्छ भने ल्वांगको तेलको प्रयोग गर्नुहोला। ल्वांगको तेलले कपाललाई बलियो बनाउछ र कपाल झर्न कम हुन्छ। यसलाई कपाल झरेको ठाउँमा लगाउनुहोला । ल्वांगको तेलले टाउकोको रक्त प्रवाहलाई गर्छ।

दातको लागि फाईदादायक

यदि तपाईको दात दुखिरहेको छ भने डाक्टरले प्राय तिलको तेल प्रयोग गर्न सल्लाह दिन्छन् किनकी तिलको तेलले दुखाई कम गर्न मदत गर्छ । दातको दुखाई हुँदा ल्वांगको तेल  प्रयोग गरिन्छ । तपाईले ल्वांग चपाउन सक्नुहुन्छ साथै यसलाई सखरसँग पनि खान सक्नुहुन्छ।

संक्रमण र किटाणु हटाउन

ल्वांगको प्रयोग लामो समयदेखि भएको संक्रमण र किटाणुलाई कम गर्न गरिन्छ। यसको प्रयोग केहि कुराले टोक्दा ,मर्किदा प्रयोग गरिन्छ।यदि तपाईको छाला सेन्सेटिभ छ भने ल्वांगको प्रयोग नगर्नुहोला।

 

https://hindi.boldsky.com/health/wellness/health-benefits-of-clove-and-sesame-oil/articlecontent-pf104409-021702.html?fbclid=IwAR3Bsv6lbxjoJOCI1htOJNyvPnMotknkH82I7DrqDRJl39VJ0kxR9zEnCrY

 

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१४:५०

नेप्सेमा झिनो सुधार: सबै भन्दा बढी यी कम्पनीका शेयर हुनेले कमाए !