के तपाई प्रतिरोध क्षमता बढाउन चाहानुहुन्छ ? आयुर्वेदको सल्लाह अनुसार प्रयोग गर्नुहोस् यी चीज !

कोभिड-१९ महामारी पछि आफुलाई स्वस्थ राख्नको लागि मान्छेले प्रतिरक्षा प्रणालीलाई महत्त्व दिन सुरु गरेका छन्। यस्तो अवस्थामा आयुर्वेदको एउटा मात्र सिद्धान्त छ, रोकथाम उपचार भन्दा उत्तम छ। रोगलाई  कम गर्न र शरीरलाई स्वस्थ बनाई राख्नको लागि परम्परागत उपचार निकै फाईदादायक छ। यसकारण मान्छेहरु आयुर्वेदमा निर्भर हुन् थालेका छन्।

कोरोनासँग लड्नको लागि प्रतिरक्षा राम्रो हुन जरूरी छ । यसको लागि अदुवा ,तुलसी, गुर्जोसँग अरु जडीबुटीको  सेवन गर्नुपर्छ।  किनकी यसले स्वास्थ्य समस्याको मूल कारणलाई खतम गर्छ। खासरुपमा आयुर्वेद प्रतिरोध क्षमतालाई मजबुत बनाउन प्रभावकारी छ। थाहा पाउनुहोस् प्रतिरोध क्षमता बढाउने आयुर्वेदको सुत्र कसरी अपनाउने !

१.दोष अनुसार खानेकुराको सेवन गर्ने

आयुर्वेदका अनुसार सबैजना विभिन्न प्रकारको उर्जाबाट बनेका हुन्छन्। जस्तै वात, पित्त र कफ।  यसलाई त्रिदोषको रुपमा चिनिन्छ।  यसले शारीरिक र मानसिक स्थितिलाई  निर्धारित गर्छ। जब यी तीन तीन दोषहरू सन्तुलित हुन्छन् तब शरीर स्वस्थ रहन्छ।  यसको असन्तुलनले मान्छे बिरामी पर्न सक्छ।

आयुर्वेदका अनुसार बात दोष हुने व्यक्तिले तातो र पौष्टिक खाना खानुपर्छ। पित्त दोष  हुने व्यक्तिले पर्याप्त दूध, अन्न र तरकारीसँग  चिसो र ताजा खाद्य पदार्थको सेवन गर्नुपर्छ। यधपी नुनिलो, तेलमा तारेको र भारी  खानेकुरा खानुहुदैन। साथै कफ दोष हुने व्यक्तिले मसालेदार र तातो खाना खानुपर्छ।

२.तातो पानी पिउने

आयुर्वेदले  घाँटी र बलगममा दिमागमा नमी बनाई राख्नको लागि शरीरलाई हाइड्रेट राख्न जोड दिएको छ। पानीले रोगबाट लड्न निकै मदत्त गर्छ। विशेषज्ञ अनुसार, डिहाईड्रेसन शरीरमा तरल पदार्थको असन्तुलनको कारणले हो र यसले कैयौँ रोग लाग्न सक्छ। त्यसकारण आयुर्वेदले तातो पानीको सेवन गर्ने सल्लाह दिन्छन्।

३.आयुर्वेदिक काढाको प्रयोग गर्ने

शरीरमा कम भएको प्रतिरोध क्षमता बढाउनको लागि आयुर्वेदिक काढाको प्रयोग गर्नुपर्छ। यो उमालिएको जडीबुडी र मसालाको मिश्रण हो।एन्टी-इन्फ्लेमेन्टरी, एन्टी-भाइरल, एन्टि-ब्याक्टेरिया र एन्टी-अक्सीडन्ट गुणहरू भरिपूर्ण बेसार , अदुवा , मरिच ,ल्वांग काढा बनाउन प्रयोग गरिने जडीबुडी हुन्। यसले शरीरको रक्षा प्रणालीलाई बढाउँछ। कोरोना भाइरसको महामारीमा आफैलाई स्वस्थ राख्नको लागि दिनमा एकपटक काढा बनाएर खानुहोला।

४.घिउको प्रयोग गर्ने

 

फ्याट्टी एसिड र एन्टीआक्सीडन्टले भरिपूर्ण घिउले स्वास्थ्यलाई स्वस्थ राख्दछ। घिउमा ब्यूटिरिक एसिड हुन्छ जसले  कोलेस्ट्रल लेभललाई कायम राख्छ ,फ्याट टिश्यू कम गर्दछ र  प्रतिरोध क्षमताको साथै स्वस्थ कोलेस्ट्रल बढाउँछ। जसकारण व्यक्ति ऊर्जावान महसूस गर्छ।  घिउ खानामा प्रयोग गर्नुको फाईदा यो पनि छ कि यसले नियमित तेलसँग सम्बन्धित स्वास्थ्य जोखिमलाई कम गर्न मदत्त गर्छ।

५.ध्यान गर्ने

व्यस्त दिनको कारण हुने मानसिक तनावले प्रतिरोध क्षमतालाई प्रभावित गर्छ। साथै ध्यान गर्नाले तनाव कम गर्न मदत्त गर्छ।  शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नको लागि यी असन्तुलित दोषलाई सन्तुलनमा ल्याउन पनि मदत्त गर्छ। आयुर्वेद अनुसार योगले  शारीरिक तनावको साथसाथै मनलाई शान्त राख्न मदत्त गर्छ।

https://navbharattimes.indiatimes.com/lifestyle/health/to-increase-immunity-for-covid-19-follow-ayurvedic-tips-drink-hot-water-and-make-food-in-ghee/articleshow/82757828.cms

 

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१६:२२

ढाड तथा कम्मर दुख्ने समस्या छ ? गर्नुहोस् यस्तो योगासन, तुरुन्त मिल्नेछ राहत !