ट्राओरेको आगमनले बार्सिलोनाको आक्रमणले गति पायो, जाभी मख्ख !

एजेन्सी – लियोनेल मेस्सीले छाडेपछि धरमराएको आक्रमणलाई सुधार्न बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्यायो। ती मध्ये एक थिए एडामा ट्राओरे। बार्सिलोनाले ट्राओरेलाई प्रिमियर लिग क्लब वुल्भ्सबाट लोनमा ल्याएको थियो। ट्राओरेलाई क्लबलाई राख्न सक्ने सम्झौता वुल्भ्स र बार्सिलोना बीच भइसकेको छ।

ट्राओरेले बार्सिलोनाका पछिल्ला दुवै खेलमा मौका पाएका छन्। बार्सिलोना आएलगतै टोलीमा पर्न सफल ट्राओरेले आफ्नो प्रभाव देखाउन थालिसकेका छन्। पूर्व ला मासिया ग्रेजुएट ट्राओरेले दुई खेलमा १ सय ५१ मिनेट मैदानमा बिताए। बार्सिलोनाको खेलमा ट्राओरेको प्रभाव स्पष्ट रुपमा देखापर्न थालिसकेको छ।

एट्लेटिको म्याड्रिड र स्पान्योलसँग खेलमा ट्राओरेको प्रदर्शन उत्कृष्ट रह्यो। ट्राओरेको उपस्थितिले बार्सिलोनाको आक्रमणलाई राम्रै गति प्रदान गर्यो। ट्राओरेको गति, ड्रिब्लिङ क्षमता, शारीरिकता र क्रसिङले बार्सिलोनाको आक्रमणमा जे को अभाव थियो, त्यसको परिपूर्ति गर्यो।

एट्लेटिको विरुद्धको खेलमा उनले गाभीका लागि असिस्ट दिएका थिए। उनले बाइलाइनबाट दिएको क्रसलाई नै गाभीले गोलमा परिणत गरेका थिए। त्यस्तै ट्राओरेले स्पान्योल विरुद्धको खेलमा पनि एक असिस्ट दिएका थिए।

एडमा ट्राओरेको पासमा लुक डि जोङले गोल गरेका थिए। स्पान्योल विरुद्ध गोल गर्ने एक मौका गुमाएपनि ट्राओरेले धेरै कुरामा अन्य खेलाडीहरुलाई पछि पारे। यी दुवै खेलमा उनले ८४ प्रतिशत पास पूरा गरेका थिए। उनले ५८ मध्ये ४९ पास सठिक थिए। दुई खेलमा ट्राओरेको तर्फबाट चार प्रहार भए।

ट्राओरेले यो सबै ऊर्जावान तरिकाले गरिरहेका छन्। ट्राओरेको यस्तो प्रदर्शनका आधारमा अब उस्मान डेम्बेलेले टोलीमा मौका पाउने सम्भावना झनै कम भएको छ। स्पान्योल विरुद्धको खेलमा बार्सिलोनाका प्रशिक्षक जाभीले डेम्बेलेलाई मौका दिएपनि ट्राओरेले उनलाई ओझेलमा पारे। ट्राओरेको आगमनले बार्सिलोनामा प्रतिष्पर्धा बढाएको छ र जाभीको लागि त्यो सकारात्मक पक्ष पनि हो।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८०९:४९

पोचेटिनोले नै भने – ‘हामी च्याम्पियन्स लिगका च्यालेन्जर मात्रै हौँ, तर रियललाई भने च्याम्पियन्स लिग जितिरहने बानि छ’