एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति स्पेनिस महारथी रियल म्याड्रिडको सामना गर्दैछ। च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो खेलमा पिएसजीले रियलको सामना गर्न लागेको हो। खेल पिएसजीको घरेलु मैदानमा हुनेछ।
आज हुने खेल दुवैका लागि महत्वपूर्ण हुनेछ। च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउनको लागि दुवै टोली जित निकाल्ने पक्षमा हुनेछन्। पिएसजी समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने रियल समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।
समूह चरणका खेलमा पिएसजी र रियल दुवैले १-१ खेलमा हर बेहोरेका थिए। बाँकी ५ खेलमा रियलले जित निकाल्दा पिएसजीले भने मात्रै तीन खेलमा जित निकालेको थियो। पिएसजी आज किलियन एम्बाप्पे, लियोनेल मेस्सी सहित उत्रनेछ भने बेन्जेमा भने भिनिसियास जुनियर सहितका खेलाडीहरु सहित उत्रिनेछ।
पिएसजी विरुद्धको खेलमा करिम बेन्जेमाले खेल्ने नखेल्ने भने टुंगो छैन। गएको केहि समय देखि चोटिल भएर आराम गरिरहेका उनको विषयमा रियलले निर्णय गरिसकेको छैन।
यस्तै पिएसजीका नेयमार र सर्जियो रामोस भने नखेल्ने स्पष्ट भइसकेको छ। नेयमार गएको केहि महिना देखि चोटका कारण मैदानमा देखिएका छैनन्। त्यस्तै रामोस पनि केहि समय अगाडी मात्रै घाइते भएका थिए।
खेल कुन च्यानलमा हेर्ने ?
खेल पिएसजीको घरेलु मैदानमा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। जसकारण खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन २ र सोनी टेन ३ मा हेर्न सकिनेछ।

