आज सुन ४ सय ५ दिनकै महँगो ! कति ?

काठमाडौँ – साताको दोस्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ। आइतबार ह्वात्तै बढेर सोमबार घटबढ नभएको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार २ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९६ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन एक वर्ष भन्दा बढी समयकै महँगो

फागुन महिनाको पहिलो दिन बढेर आज पनि सुनको मूल्य बढेपछि सुन एक वर्ष भन्दा बढी समयकै महँगो भएको छ। आज कायम भएजति सुनको मूल्य गएको पौष महिना भन्दा पछि कुनै पनि दिन भएको थिएन। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य गत वर्षको पौष २२ गते पछिकै महँगो हो। यस हिसाबले आज सुन ४ सय ५ दिनकै महँगो भएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८११:१७

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, सबै भन्दा बढी कुन कम्पनीको शेयर मूल्य बढ्यो ?