एमसीसी संसद्मा ‘टेबुल’ गर्न कसरी जुट्यो सहमति ?

काठमाडौं । निकै लामो समयदेखि चर्चाको विषय बन्दै आएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्बन्धी प्रस्तावलाई सरकारले बुधबार (आज) बस्ने प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्ने तयारी गरेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा गरी चार दल एमसीसी संसद्मा टेबुल गर्न सहमत भएका हुन् । माओवादी केन्द्र र नेकपा एसले पेस भइसकेपछिको बाँकी प्रक्रियामा भने सहभागी हुने नहुने’bout थप छलफलपछि निर्णय गर्नेछन् । यस्तै गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाको भने एमसीसीमा असहमति कायमै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको संसदीय दलको बैठकमा बुधबार बस्ने संसद् बैठकमा एमसीसी टेबुल हुने भन्दै सबै दलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

‘प्रधानमन्त्रीसमेत रहनुभएका सभापतिज्यूले गठबन्धनमा रहेका दलको सहयोगमा एमसीसी संसद्मा टेबुल हुने जानकारी गराउनुभएको छ, बुधबार बस्ने बैठकमा एमसीसी टेबुल हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ, प्रक्रियामा को कसरी अघि बढ्ने भन्ने विषयमा फेरि थप छलफल होला,’ संसदीय दलको बैठकमा भएको प्रधानमन्त्रीको ब्रिफिङ’bout जानकारी दिँदै कांग्रेसका एक सांसदले राजधानीसँग भने ।

प्रधानमन्त्री देउवाले पार्टीको संसदीय दलको बैठकबाटै सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गर्दै संसद् बैठकअघि कार्य व्यवस्था समितिको बैठक राखेर एमसीसीलाई कार्यसूचीको एजेन्डामा राख्नसमेत आग्रह गरेका थिए । सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाइसकेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी परियोजनासम्बन्धी प्रस्ताव लैजाने निर्णय गरेको जानकारी दिए ।

तर, गठबन्धन आबद्ध दल माओवादी केन्द्र र नेकपा एसले भने एमसीसीसम्बन्धी सरकारले संसद्मा ल्याउने प्रस्तावलाई टेबुल गर्न दिए पनि प्रक्रियाका विषयमा भने असहमति राख्दै आइरहेका छन् । उनीहरू प्रस्ताव पेस हुँदा मौन बस्ने वा बैठक हल बाहिर निस्कन सक्नेछन् ।

गत शनिबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अघि बढाउन दिन र बाँकी प्रक्रियामा लिने निर्णयबारे सोच्न आग्रह गरेका थिए । सोहीअनुसार नै उनीहरू अघि बढ्ने तयारीमा छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले एमसीसी बुधबार टेबुल भइसकेपछि ७२ घण्टापछि सैद्धान्तिक छलफल हुने र त्यसपछि एमालेसहितका अन्य दलहरूको भूमिका प्रस्ट हुने जानकारी दिए ।

पेस गर्न कांग्रेस, माओवादी र नेकपा एस सहमत, प्रक्रियामा फरक मत
७२ घण्टापछि सैद्धान्तिक छलफल

‘एमसीसी भोलि पेस हुन्छ, त्यसपछि ७२ घण्टापछि सैद्धान्तिक छलफल हुन्छ, एमालेलेले कसरी भूमिका देखाउँछ हेर्छौं, त्यहीअनुसार थप रणनीति बन्छ,’ विश्वकर्माले मंगलबार भने ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग अघि बढाइसकेपछि गठबन्धनमा रहेका शीर्ष नेतृत्वबीच एमसीसी र प्रधानन्यायाधीश प्रकरण’bout पटकपटक छलफल भएको थियो । ती छलफलपछि दाहाल र नेपाल एमसीसी अघि बढाउन सहमत बनेका हुन् ।

एमसीसीलाई संसद्को कार्यसूचीमा राख्ने विषयमा सभामुख सापकोटासमेत पछिल्लो समय सकारात्मक देखिएका छन् ।
उनले सोमबार बोलाएको सर्वदलीय बैठकमार्फत नै आफू संसद्को अम्पाएर मात्रै भएको र संसद्मा पेस गर्ने एजेन्डा दलहरूले ल्याए आफूले नरोक्ने आशय दिइसकेका छन् ।

कांग्रेसले एमसीसी टेबुल गर्न दलको बैठकमार्फत औपचारिक निर्णय गरे पनि माओवादी केन्द्रले भने बुधबार बिहानका लागि संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८०९:१९

एमसीसी र गठबन्धन दुवैको टुंगो आज लाग्ने !