हिजो ४ सय ५ दिनकै महँगो भएको सुनको मूल्य आज घट्यो !

काठमाडौँ – फागुन महिना लागेपछि पहिलो पटक सुनको मूल्य घटेको छ। फागुन महिनाको पहिलो दिन ह्वातै बढेर दोस्रो दिन स्थिर रहि तेस्रो दिन बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ६ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९५ हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ६ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला फागुन १ गते र दुई गते ९५ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो भने ३ गते ९६ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य भने फागुन १ र २ गते ९५ हजार र ३ गते ९६ हजार १ सय रुपैंयाँ कायम भएको थियो। मंगलबार कायम भएको सुनको मूल्य ४ सय ५ दिनकै महँगो रहेको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१०:५१

आइपिओको लाइन् नै लाग्यो, फेरी अर्को लघुवित्तको आउँदै ! कहिले देखि ?