भारतका आधुनिक म्युजिसियन र गायक बप्पी लाहिरीको निधन !

बलिउडमा आधुनिक म्युजिक दिने चर्चित गायक तथा संगीत निर्देशक बप्पी लाहिरीको मुम्बईको एक अस्पतालमा निधन भएको छ । जानकारीका अनुसार बप्पी लाहिरी हिजो राति घरमै थिए र अस्वस्थ थिए । त्यसपछि उनलाई जुहुको अस्पतालमा लगिएको थियो र त्यहाँ उनको निधन भएको हो।

 

अहिले उनी ६९ वर्षका थिए । बप्पी लाहिरी १९७०-८० को दशकको शुरुवातका धेरै चलचित्रहरू जस्तै ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता लोकप्रिय गीतहरू दिएर परिचित छन्। उनको अन्तिम बलिउड गीत ‘बंकस’ थियो जुन सन्  २०२० मा फिल्म ‘बाघी ३’ को लागि  थियो।

बप्पी लाहिरी एक महिनादेखि अस्पतालमा भर्ना भएका थिए र सोमबार उनलाई डिस्चार्ज गरिएको थियो । तर मंगलबार उनको स्वास्थ्यमा  समस्या आएपछि परिवारले चिकित्सकलाई घरमा बोलाएइएको थियो उनलाई अस्पताल ल्याइएको थियो । ओएसए (अब्स्ट्र-क्टिव स्लीप एपनिया) को कारण उनको गए राति निधन भएको हो ।

बप्पी लाहिरीको वास्तविक नाम आलोकेश लाहिरी हो । उनको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो । उनको बुबाको नाम अपरेश लाहिरी र आमाको नाम बन्सरी लाहिरी हो।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८११:०७

केटा-केटी बीच यता-उता त भैहाल्छ नि भन्दै गरेको पल शाह र समिक्षा बीचको गोप्य अडियो, के हो वास्तविकता ?