पिएसजीसँग हारेपछि एन्सेलोटीले भने – ‘एम्बाप्पे युरोपकै उत्कृष्ट खेलाडी, रोक्न सकिएन’

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले किलियन एम्बाप्पे युरोपकै उत्कृष्ट खेलाडी रहेको बताएका छन्। च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्धको खेलमा पराजित भएपछि एन्सेलोटीले एम्बाप्पे युरोपकै उत्कृष्ट खेलाडी रहेको बताएका हुन्।

पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले एम्बाप्पेलाई रोक्न असम्भव जस्तै रहेको बताए। एम्बाप्पेलाई रोक्न धेरै प्रयास गरेपनि नसकेको एन्सेलोटीको भनाई छ।

“एम्बाप्पे युरोपेली फुटबलकै उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्न असम्भव नै छ। हामीले उनलाई नियन्त्रण गर्ने प्रयास गर्यौं। मिलिटाओले धेरै राम्रो काम गरे। तर एम्बाप्पे आफ्नो बाटो खोजेरै छाडे।”,एन्सेलोटीले भने।

मंगलबार राति पिएसजीको घरेलु मैदानमा रियल र पिएसजी बीच भेट भएको थियो। सो खेलमा रियलले रक्षात्मक खेल खेलेको थियो। उत्कृष्ट आक्रमणपङ्ती सहित उत्रिएपनि पिएसजीले एक मात्र गोल गरेको थियो। सो गोल एम्बाप्पेले गरेका थिए। खेलको अन्तिम समयमा एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

खेलभर पिएसजीको तर्फबाट २१ प्रहार भएका थिए। ती मध्ये ८ प्रहार टार्गेटमा थिए। तर पनि रियलका डिफेन्डरहरुले पिएसजीका खेलाडीहरुलाई रोक्न सफल भएका थिए। पिएसजीको तर्फबाट भएका अधिकांश प्रहार एम्बाप्पेको तर्फबाट भएका थिए। एम्बाप्पे रियल विरुद्धको खेलमा म्यान अफ द म्याच घोषित समेत भए।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१५:१४

इन्टर भर्सेस लिभरपुल: घरेलु मैदानमा इन्टरले लिभरपुललाई पछार्ला ?