इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – इमर्जिङ नेपाल लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। यस कम्पनीले गत माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन  गरेको थियो।  जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिएका थिए। जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए। गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्। थप ८ जनाले ११ कित्ता सेयर पाएका छन्।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेबसाइट (NIC Capital | Home (nicasiacapital.com) , कम्पनीको वेबसाइट (Emerging Nepal) र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१६:२१

नेप्सेमा उच्च अङ्कको गिरावट: सबै भन्दा बढी यी कम्पनीका शेयर मूल्य घटे !