जब कसैले यो सिजन आफ्नो प्रभावशाली टोलीलाई रोक्न सक्छ कि भनेर सोध्दा, म्यानचेस्टर सिटी प्रशिक्षकले आफ्नो प्रिमियर लिग प्रतिद्वन्द्वीहरूको बारेमा स्पष्ट प्रतिक्रिया दिएका छन्।
लिभरपुलले अझै पनि म्यानचेस्टर सिटीलाई यस सिजन एकपक्ष प्रभुत्व जमाउनबाट रोक्न सक्छ, पेप ग्वार्डीओला भन्छन्, जसले आफ्नो टोलीको प्रिमियर लिगका प्रतिद्वन्द्वीहरूलाई “पिछ्वाडाको दुखाई” भनेर वर्णन गरेका छन्। सिटी यस सिजनमा फेरि एक पटक धेरै प्रतियोगिताहरूको उपाधि जित्नको लागि प्रमुख दाबेदार देखिन्छ। सिटीले प्रिमियर लिगमा निकटतम प्रतिद्वन्द्वी लिभरपुलमाथि नौ अंकको अग्रता लिएको छ भने च्याम्पियन्स लिमा मंगलबार राति स्पोर्टिङ सीपी माथि ५-० को सानदार जीत निकाल्दै क्वार्टरफाइनलमा एक खुट्टा टेकिसकेको छ।
यद्यपि, सिटीका प्रशिक्षक ग्वार्डीओलाले कुनै पनि कुरालाई सामान्य रूपमा लिइरहेका छैनन् – विशेष गरी जब यहाँ रेड्सको कुरा आउँछ। मंगलबार राति लिस्बनमा जितपछि यो सिजन आफ्नो टोलीलाई कसले रोक्न सक्छ भनेर सोध्दा ग्वार्डीओलाले भने: “लिभरपुल। पछिल्ला केही सिजनमा तिनीहरू हाम्रा सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन्, तिनीहरू सधैं त्यहाँ छन्। लिभरपुल सधैं पिछ्वाडाको दुखाई हुन्। तिनीहरू उत्कृष्ट टोली हुन्।”
के लिभरपुलले सिटीलाई रोक्न सफल होला त ?
लिभरपुलले सिटीलाई प्रिमियर लिगको उपाधि जित्न रोक्न निकै कठिन देखिन्छ, विशेषगरी रेड्स सिटी भन्दा ९ अंकले पछि परेको छ। तर लिभरपुलको हातमा एक खेल रहेको छ। यी दुई टोली अप्रिल ९ मा एटिहाड स्टेडियममा आमने-सामने हुनेछन्, तर योर्गन क्लोपको टोलीले उपाधिको दौडलाई जीवित राख्नको लागि ग्वार्डीओलाको टोलीले अंक बाढ्ने आशा गर्नुपर्ने हुन्छ।
च्याम्पियन्स लिग भने केही फरक हुनसक्छ, सिटी गत सिजनको फाइनलमा चेल्सीसँग हारेसँगै अझै पनि युरोपेली क्राउनको खोजमा रहेको छ। यी दुई क्लब च्याम्पियन्स लिगको अन्तिम ८ मा आमने-सामने हुनसक्छन्, यदि लिभरपुलले अन्तिम १६ मा इटालियन च्याम्पियन्स इन्टर मिलानलाई पराजित गर्यो भने।

