युरोपा लिगमा बार्सिलोनाले नापोलीलाई हराउन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – धेरै समय पछि युइएफए युरोपा लिग खेलिरहेको क्याटलान क्लब बार्सिलोनाले आज इटालियन क्लब नापोलीको सामना गर्दैछ। च्याम्पियन्स लिगको समूहचरणबाट बाहिरिएको बार्सिलोनाले युरोपा लिगको प्लेअफमा आज नापोलीको सामना गर्न लागेको हो। खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

आज हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन्। बार्सिलोना सुधारिएको आक्रमणपङ्ती सहित मैदानमा उत्रँदा नापोली भने बार्सिलोनाको धरमराउँदो डिफेन्सको फाइदा उठाउने दाउमा हुनेछ।

गएको केहि समय देखि बार्सिलोना राम्रो लयमा छ। जनवरी ट्रान्सफर विन्डोमा फेरान टोरेस, एडामा ट्राओरे र पिएरे एमरिक औवामियाङ जस्ता खेलाडी भित्र्याएपछि बार्सिलोनाको आक्रमणपङ्तीले गति पाएको छ। बार्सिलोनाले घरेलु लिग लालिगामा पछिल्ल पाँच खेल मध्ये तीन खेलमा जित निकालेको छ।

केहि समय अगाडी बार्सिलोनाले हाल च्याम्पियन्स लिगको अन्तिम १६ मा रहेको एट्लेटिको म्याड्रिडललाई समेत पराजित गरेको थियो। बार्सिलोना अहिले लालिगाको चौंथो स्थानमा रहेको छ।

त्यस्तै नापोली पनि जारी सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ। नापोली इटालियन सिरी ‘ए’को तेस्रो स्थानमा रहेको छ। घरेलु लिगमा नापोलीले पछिल्ला पाँच खेल मध्ये चारमा जित निकालेको छ।

बार्सिलोना र नापोली बीच युरोपेली प्रतियोगितामामा पछिल्लो पटक सन् २०१९-२० को च्याम्पियन्स लिगमा भएको थियो। अन्तिम १६ मा भेट हुँदा बार्सिलोनाले नापोलीलाई च्याम्पियन्स लिगबाट आउट गरेको थियो। बार्सिलोना र नापोली बीचको खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१०:५३

रियल म्याड्रिडलाई लात हानेर लिभरपुल जाने तयारीमा एम्बाप्पे !