यी दिनमा लाग्नेछन् दुई ठुला ग्रहण, ३ राशिमा पर्नेछ साक्षात् माता लक्ष्मीको नजर !

सन् २०२२ मा कुल ४ वटा ग्रहण लाग्नेछ। जसमा दुईवटा सूर्यग्रहण र दुईवटा चन्द्रग्रहण हुनेछन्। ग्रहणको वैज्ञानिक र धार्मिक दुवै दृष्टिकोणले विशेष महत्व रहेको मानिन्छ। यस वर्षको पहिलो ग्रहण अप्रिल ३० मा लाग्नेछ। यो सूर्यग्रहण हुनेछ। त्यसैगरी, दोस्रो ग्रहण त्यसको ठीक १५ दिनपछि अर्थात् मे १६ मा लाग्नेछ। यो चन्द्रग्रहण हुनेछ। यी दुवै ग्रहणले मानिसको जीवनमा राम्रो वा नराम्रो प्रभाव पार्छ। यी ग्रहण कुन ३ राशीका लागि शुभ साबित हुनेछ भन्ने थाहा पाउनुहोस्….

मेष राशि

यी दुवै ग्रहण यस राशिका मानिसका लागि शुभ साबित हुनेछन्। आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। करियरको क्षेत्रमा ठूलो सफलता मिल्नेछ। कार्यालयमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। तपाईंले हात हालेको हरेक कार्यमा सफल हुने सम्भावना रहेको छ। व्यापार व्यावसायमा लाभ मिल्ने अवसर मिल्नेछ। यस अवधिमा गरिएको यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ।

सिंह राशि

यो राशिका मानिसहरुमा ग्रहणको निकै शुभ प्रभाव रहनेछ। यात्रा सुखद रहनेछ। नयाँ कामको खोजी समाप्त हुनेछ। यदि तपाईं जागिर गर्दै हुनुहुन्छ भने यस समयमा तपाईंलाई धेरै राम्रो कामको अफर आउन सक्छ। पदोन्नति र तलब बढ्ने सम्भावना देखिन्छ। नयाँ कामको थालनीका लागि समय राम्रो छ। यस अवधिमा तपाईंले धन बचत गर्न पनि सक्षम हुनुहुनेछ।

धनु राशि

यो समय तपाईंको लागि धेरै शुभ साबित हुनेछ। लगभग सबै कुरामा सफलता मिल्ने सङ्केत छ। अभिभावकको पूर्ण सहयोग रहनेछ। व्यापार व्यवसायमा राम्रो प्रगति गर्न सकिनेछ। कार्यस्थलमा ठूलो उपलब्धि हात पार्न सकिनेछ। नयाँ योजनामा ​​काम गर्दा लाभ मिल्नेछ। रोकिएका काम पुरा हुनेछन्।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८११:३९

यी ४ चीजले तहस-नहस गर्न सक्छ श्रीमान-श्रीमतीको सम्बन्ध, हुनेछ जीवन अन्धकार !