राहु-केतुले एकैदिन गर्दै राशि परिवर्तन, यी ३ राशिलाई हुनेछ अत्यन्त अशुभ !

ग्रहहरूको राशि परिवर्तनले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्छ। सन् २०२२ मा राहु गोचर सहित धेरै ग्रहहरुको राशि परिवर्तन हुँदैछ। राहु-केतुले आफ्नो स्वभाव अनुसार जातकलाई फल दिन्छन्। ज्योतिष शास्त्रमा राहुलाई भय, असन्तुष्टि, दुराचार र जोशको कारक मानिन्छ।ज्योतिष शास्त्रमा राहुलाई भय, असन्तुष्टि, दुराचार र जोशको कारक मानिन्छ। त्यस्तै, केतु जुन घरमा हुन्छ, त्यसै अनुसारको फल दिन्छ।

राहु १२ अप्रिल २०२२ मा वृष राशिबाट मेष राशिमा सर्नेछ। यस दिन केतु ग्रह पनि तुला राशिमा प्रवेश गर्नेछ। १८ महिनापछि दुवै छाया ग्रहको राशि परिवर्तनले सबै मानिसमा विशेष प्रभाव पार्नेछ। राहु-केतु गोचरले कुन राशिलाई नकरात्मक असर गर्छ जान्नुहोस्….

मेष राशि 

मेष राशिका व्यक्तिहरूले आफ्नो सम्बन्धमा सावधानी अपनाउनुपर्छ। यस अवधिमा तपाईंले केही क्षेत्रमा कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। यस गोचरको अवधिमा तपाईंको आर्थिक अवस्था बिग्रन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला।

तुला राशि 

तुला राशिका व्यक्तिहरूलाई सम्बन्धमा लापरवाही नगर्न सल्लाह दिइन्छ। राहु गोचरको प्रभावले आर्थिक कठिनाइको सामना गर्नु पर्नेछ। यस अवधिमा देवगुरु बृहस्पति र शनिदेव पनि तपाईंका लागि शुभ साबित हुने छैनन्। पैसाको लेनदेनमा सावधानी अपनाउनुहोला।

धनु राशि 

धनु राशिका व्यक्तिहरूलाई राहु-केतु गोचरको समयमा भविष्यको बारेमा असुरक्षा रहनसक्छ। राहुले धनु राशिको पाँचौं र एघारौं घरमा गोचर गर्नेछ। यस अवधिमा तपाईंको आर्थिक अवस्था खासै राम्रो रहनेछैन। गलत निर्णयका कारण घाटा बेहोर्नु पर्नेछ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१३:२९

शनि छिट्टै उदय हुँदै ,यी ४ राशिको जीवनमा हुनेछ आर्थिक स्थिति मजबूत !