बार्सिलोना छाडेपछि मेस्सीले गरेका थिए यस्तो हर्कत, व्यक्तिगत दुश्मनी निकालेर छाडे !

लियोनेल मेस्सीले पीएसजीलाई गत समरमा बार्सिलोनाका आक्रमणकर्ता अन्सु फातीलाई अनुबन्ध गर्नबाट रोकेका थिए, क्याटलान दैनिक एल नासियोनलको रिपोर्ट अनुसार।

फुटबल जगत मै सबैभन्दा उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक, फातीको युवा क्यारियर चोटले बाधित भएको छ तर उनको स्पष्ट क्षमतालाई अस्वीकार गर्न सकिँदैन। यस्तोमा विभिन्न रिपोर्टहरूले दाबी गरे अनुसार पीएसजीले गत समर स्पेनिस स्टारलाई अनुबन्ध गर्न धेरै चासो देखाएको थियो र उनलाई किलियन एम्बाप्पेको उत्तराधिकारीको रूपमा हेरेको थियो।

तर, लियोनेल मेस्सीलाई अनुबन्ध गरेपछि, ३४ वर्षीय अर्जेन्टिनी स्टारको मागका कारण लिग वानका दिग्गजहरूको बार्सिलोनाका युवा खेलाडीप्रतिको आफ्नो इच्छा चिस्सेको थियो। जर्ज मेस्सीलाई आफ्नो एजेन्टको रूपमा बदल्ने अन्सु फातीको निर्णयबाट मेस्सी खुसी नभएको बताइएको छ। बार्सिलोनाका १९ वर्षीय स्ट्राइकरको अहिले पोर्चुगलका सुपर एजेन्ट जर्ज मेन्डेसले प्रतिनिधित्व गर्छन्।

एल नेशनलले यो पनि दाबी गरेको छ कि फाती गत समरमा बार्सिलोना छाडेर पीएसजी प्रस्थान गर्न तयार समेत भइसकेका थिए। तर, मेस्सीको आग्रहमा फ्रान्सेली टोलीले फातीप्रतिको चासोलाई चिसो बनाएको थियो। जसपछि प्रतिभाशाली फरवार्डले अक्टोबर २०२१ मा बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१४:३२

मेस्सीका आलोचकलाई तथा-नाम भन्दै गाली गरे अगुएरोले, भन्नु सम्म भने !