महाशिवरात्रि पर्व यस वर्ष फागुन १७ गते मंगलबार मनाइँदैछ। भगवान शिवलाई समर्पित यो पर्व यस वर्ष निकै विशेष हुने भएको छ। ज्योतिषीहरुका अनुसार यस वर्ष महाशिवरात्रिमा दुईवटा शुभ संयोग बन्नेछ। यस वर्ष महाशिवरात्रिका दिन पञ्चग्रही योग बनिरहेको छ। यस शुभ अवसरमा भगवान शिवको आराधना गर्नाले भक्तजनले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।

महाशिवरात्रिमा ग्रहहरुको यस्तो शुभ योग:-
१२ औं घरमा मकर राशिमा पञ्चग्रही योग बन्नेछ। मंगल र शनि बाहेक बुध, शुक्र र चन्द्रमा पनि यस राशिमा विराजमान हुनेछन्। सूर्य र बृहस्पतिको संयोग कुम्भ राशिमा बन्नेछ। राहु वृष राशिको चौथो घरमा र केतु वृश्चिक राशिको दशौं घरमा विराजमान रहनेछन्।

बन्नेछ यस्तो खास योग:-
यस वर्षको महाशिवरात्रिमा धनिष्ठ योग बन्नेछ। धनिष्ठ योग पछि शतभिषा नक्षत्र रहनेछ। यसपछि शिवयोग लाग्नेछ। यस योगमा भगवान शिवको पूजा गर्नाले काममा सफलता मिल्ने जनविश्वास छ।

महाशिवरात्रि २०२२ शुभ मुहूर्त:-
महाशिवरात्रिको दिन बिहान १२:०२ बजेदेखि १२:४९ बजेसम्म अभिजित मुहूर्त रहनेछ। त्यसपछि, दिउँसो २ः२२ देखि ३:०८ बजेसम्म विजय मुहूर्त रहनेछ।

